दार्जीलिङ: एडवार्ड्स फाउण्डेशनले गत २०२० देखि पहाडका विधार्थीहरूलाई पश्चिम बङ्गाल सिविल सेवा आदि जस्ता विषयहरूमाथि तालिम दिने कार्यहरू गर्दै आइरहेको थियो। एडवर्ड्स फाउण्डेशनले यी कार्यहरूको निम्ति अनुभवी शिक्षकहरूलाई लिएर विधार्थीहरूलाई तालिम दिने कार्य गरेको थियो। दार्जीलिङ र कालेबुङ गरेर तीन सय भन्दा धेरै विधार्थीहरूले तालिमको निम्ति आवेदन बुझाएका थिएl यी सबु विधार्थीहरूको खर्च एडवर्ड्स फाउण्डेशनले उठाएको थियो। जसमा २० जना विधार्थीहरू छनौट भएका थिए अनि ती मध्ये ५ जना विधार्थीहरूलाई एडवर्ड्स फाउण्डेशनको तालिमको खर्च उठाएर तालिम दिने कार्यहरू गर्दै आइरहेको थियो, जसमा दार्जीलिङ सुकेपोखरी निवासी जेनगेन भोटियाले पश्चिम बङ्गाल सिविल सेवा सर्विसको परीक्षा साथै प्रोबेशनरी अफिसरको परीक्षा दिएकी थिइन्l जसमा जेनगेन प्रोबेशनरी अफिसरको परीक्षा उर्तीण हून सफल भएकी छिन्, पश्चिम बङ्गाल सिविल सर्विस परीक्षाको परिणाम पर्खेर बसेकी छिन्। एडवडर्स फाउण्डेशनले जेनगेन भोटियाको सुन्दर भविष्यको कामना गर्दै बधाई दिएको छ।
अर्कोतिर, एडवडर्स फाउण्डेशनले आउँदो दुई तीन सप्ताहदेखि फेरि शुरू गरिने २०२२,२०२३ को पश्चिम बङ्गाल सिविल सर्विस आदि जस्ता परीक्षाहरूको निम्ति कोचिङको निम्ति कोअर्डिनेटर फिन्जो गुरूङलाई चयन गरेको छ। यसै सन्दर्भमा जेनजेन भोटियाले आफू एडवर्ड्स फाउण्डेशनको स्कलरशिप छात्रवृत्तिमा रहेको बताइन्। उनले बताएअनुसार विगत केही दिन अघि मात्र आईवीपीएस प्रोबेशनरी परीक्षाको परिणाम जारी भएको थियोl उक्त सूचीमा आफ्नो नाम पनि रहेको भोटियाले बताउँदै एडवाडर्स फाउण्डेशनको टीम साथै अजय एडवडर्सप्रति आभार प्रकट गरेकू छिन्। स्मरण रहोस्, एडवार्ड्स फाउण्डेशनले गरिबी रेखामुनिका पहाडका विधार्थीहरूलाई उच्च शिक्षा सँगसँगै पश्चिम बङ्गाल सिविल सर्विस आदि जस्ता परीक्षाहरूको निम्ति तालिम दिने कार्यहरू गर्दै आइरहेको छ।