विद्या भारती पूर्व क्षेत्रका प्रशिक्षण प्रमुखहरूको कार्यशाला सम्पन्न

299851017_442401751261465_496973715176041133_n.png

गान्तोकः विद्या भारती पूर्व क्षेत्रका प्रशिक्षण प्रमुखहरूको कार्यशाला २ अनि ३ अप्रेलका दिन केशवधाम, कटकको सरस्वती प्रशिक्षण मन्दिरमा सम्पन्न भयो। कार्यशालामा उत्तर बंगाल, दक्षिण बंगाल, ओडिशा र सिक्किमका प्रशिक्षण प्रमुख एवं सह प्रमुखहरू उपस्थित थिए।
उक्त दुई दिवसीय प्रशिक्षण कार्यशालामा विद्या भारती अखिल भारतीय प्रशिक्षण संयोजक अशोककुमार पंडा, वरिष्ठ प्रचारक विजय गणेश कुलकर्णी, पूर्व क्षेत्र संगठन मन्त्री दिवाकर घोष, पूर्व क्षेत्र प्रशिक्षण संयोजक नरेन्द्रकुमार राउलले राष्ट्रिय शिक्षा नीति २०२० अन्तर्गत प्रशिक्षणको लक्ष्य एवं उद्देश्य, पञ्चपदि शिक्षा, शैक्षिक उद्देश्य, ज्ञान क्षेत्र, क्षमता विकाश, श्रेणी कार्य प्रबन्धन, प्रशिक्षण गतिविधि, शिक्षाको मूल्याङकन, आंकलन आगामी योजना आदि बारे जानकारी प्रदान गरे।
विद्या भारती सिक्किम प्रान्तबाट प्रशिक्षण प्रमुख सूर्य धिताल र शैक्षिक सह प्रमुख रजीत प्रधान कार्यशालामा सहभागी बनेका थिए।

About Author

Advertisement