कुचबिहारः स्कूल परीक्षामा उच्च माध्यमिककी छात्राले विष खाएको खबर अघि आएको छ। घटना मेखलीगञ्ज प्रखण्डको जमालदह तुलसीदेवी उच्च विद्यालयको हो। जानकारी अनुसार, आज उच्च माध्यमिकतको संस्कृतको परीक्षा थियो।
जमालदह तुलसीदेवी हाई स्कूलमा शौलमारी हाई स्कूलका विद्यार्थीहरूको परीक्षा केन्द्र छ। परीक्षा शुरू भएको लगभग एक घण्टापछि एक छात्रा अस्वस्थ भईन्। जसलाई शिक्षकहरूले जमालदह प्राथमिक स्वास्थ्य केन्द्र लगे। छात्राको चिकित्सा भएको समय चिकित्सकहरूले छात्राले विष खाएको बताए। छात्राका माता-पिता र सौलमारी हाई स्कूलका प्रिन्सिपललाई सूचित गरियो। त्यही, छात्राको स्वास्थ्य अझ् खराब हुँदा उसलाई जलपाईगढ़ी सुपर स्पेशलिटी अस्पतालमा रेफर गरियो। सूचना पाएपछि मेखलीगंज थाना पुलिस पनि अस्पताल पुग्यो। त्यही, छात्राले परीक्षामा विष कसरी र किन खाइन्, यसको जाँच शुरू गरिएको छ।