निमबोङमा भागोप्रमोको कर्मी सभा सम्पन्न

00-1-Ruden-Lepcha

नारी सशक्तिकरण हुनु भनेको शक्ति वितरण हुँदा नारी अनि पुरुष दुवै शक्ति उपभोगको समान हकदार बन्नु हो: रुदेन लेप्चा

कालेबुङ: निमबोङमा आयोजित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो)को कर्मी सभा सम्पन्न भयोl सभामा कालेबुङका विधायक रुदेन सादा लेप्चाले भने, ‘नारी सशक्तिकरण हुनु भनेको शक्ति वितरण हुँदा नारी अनि पुरुष दुवै शक्ति उपभोगको समान हकदार बन्नु हो। तर भारत अझ पनि पुरुष प्रदान देश नै हो। जबसम्म नारीको निम्ति राजनैतिक आरक्षण हुँदैन तबसम्म शक्तिको केन्द्र पुरुषमा नै निहित रहनेछl’ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले नारीलाई उकुसमुकुस हुने अवस्थादेखि निकाल्नु सकेको उनले बताए। उनले भने, ‘कालेबुङमा ५१ प्रतिशत नारी भोट छ। पञ्चायत समितिको चुनावमा नारीको निम्ति भागोप्रमोले केही न केही अवश्य गर्नेछl’

उनले पञ्चायत चुनावबारेमा भने, ‘पञ्चायत चुनाव हुनु गइरहेको छ। उपस्थित कोही न कोही प्रधान, उपप्रधान बन्नुहुनेछ। तर यो हुनु नदिएको हो गोर्खाल्याण्डको कारण देखाएर। २२ वर्षदेखि पदोन्नति नपाएका पञ्चायतका कर्मचारीहरूले भर्खरै पदोन्नति पाएका छन्। हामीले प्रशासनिक सुधार ल्याउनु सक्षम भएका छौं। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गत नौ महिनामा के कस्तो उपलब्धि ल्याएको छ, सबैले जनताको अघि लैजानुपर्छl’ उनले अझ भने,   ‘भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले ग्रामीण क्षेत्रका  मानिसलाई न्याय दिने क्रममा कहिले पनि निराश तुल्याएको छैन। पञ्चायत चुनाव ल्याउने कुरा आउँदा थुप्रैले मुद्दा उठाए। पञ्चायत सदस्य सङ्ख्या भन्दा जनसङ्ख्या महत्वपूर्ण हो। त्यसैले मानिस पलायन हुनुहुँदैन। बस्ती अब आधुनिकता तर्फ बढेको छ। हामीले मागि रहनुपर्छ। जुन दिन माग्नु छोड्छौ त्यो दिन संसारमा ईश्वरको भक्त नै रहनेछैनl’

About Author

Advertisement