गान्तोकः खेलो इण्डिया १० का दम अन्तर्गत आयोजित अन्तराष्ट्रिय महिला दिवस समारोहको आज समापन भयो। खेलकूदको माध्यमद्वारा महिलाहरूको सशक्तिकरण थिममा सोरेङ जिल्लाको खेलकूद एवम युवा मामिला विभागद्वारा सोरेङ स्टेडियममा आयोजित कार्यक्रमको आज समापन भयो। कार्यक्रममा कृषि एवं वागवानी विभागका अध्यक्ष सीके राणा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। यस कार्यक्रम अन्तर्गत आयोजित टग अफ् वार एसवाईए बनाम शिक्षा विभाग, शहरी विकास एवम आवास विभाग- एमभी सोरेङबीच सम्पन्न भएको थियो, जसमा शहरी विकास विभाग बिजय बन्यो।
सोही प्रकारले खुल्ला महिला फुटबल प्रतियोगिता स्टेट स्पोर्टस् एकेडेमी बनाम आईसीडीएस सोरेङबीच सम्पन्न भएको थियो, जसमा स्पोर्ट्स एकेडेमी सोरेङ विजयी बन्यो। उक्त कार्यक्रममा ६ जना राष्ट्रिय खेलाडीहरूलाई सम्मान जनाइयो। सम्मानित हुने खेलाडीहरूमा सिमा गुरूङ, मरियम सुब्बा, मुस्कान सुब्बा, सुशिला गजमेर, कृषिका कामी र अनुषा राई रहेका छन्।









