लाइब्रेयिनहरूलाई लिएर आयोजित तीन दिवसीय अभिमुखी कार्यक्रमको समापन

IMG-20230323-WA0261.jpg

गान्तोक: एससीइआरटीको पहलमा राज्यका माध्यमिक र उच्चत्तर माध्यमिक विद्यालयका लाइब्रेयिनहरूलाई लिएर आयोजित तीन दिवसीय अभिमुखी कार्यक्रमको समापन भयो। गत २० मार्चदेखि शुरू भएको तीन दिवसीय अभिमुखी कार्यक्रमको हिजो समापन भएको जानकारी गराइएको छ। यस तीन दिवसीय अभिमुखी कार्यक्रममा राज्यका ६ वाट जिल्लाबाट कूल ४६ जना लाइब्रेयिनहरूले सहभागिता जनाएका थिए। उक्त कार्यक्रममा स्रोतवक्ताकोरूपमा नर बहादुर भण्डारी डिग्री कलेजबाट साङ्गे ल्हामु भोटिया, डा. सिक्किम विश्वविद्यालयका डा. सिरिराम, डा. सरबदा प्रधान रहेका थिए। कार्यक्रममा शिक्षा विभागका सल्लाहकार एमपी सुब्बा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। यस तीन दिवसीय अभिमुखी कार्यक्रममा सहभागीहरूलाई पुस्तकालयको पाँचवटा कानून, पुस्तकहरूको वर्गीकरण, पुस्तकालय दर्ताको मर्मतसम्भार, पढ्ने बानीको विकास, विद्यालय पुस्तकालयको व्यावसायिक विकास र विद्यार्थीहरूको करियर काउन्सिलिङ जस्ता विषयहरूमा केन्द्रित गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि एमपी सुब्बाले सहभागीहरुलाई प्रशिक्षणमा प्राप्त गरेको विज्ञता र अनुभवलाई थप जोस र उत्साहका साथमा लिएर भविष्यमा काम गर्नुपर्ने आग्रह गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *