दीनदयाल उपाध्याय ग्रामीण कौशल्य योजना अन्तर्गत जब मेला आयोजित

IMG-20230323-WA0260.jpg

गान्तोक: स्टेट इन्सटीट्यूट अफ् क्यापासिटी विल्डिङ, स्किल डेभलोपमेन्ट विभाग र जिल्ला कौशल समितिको संयुक्त पहलमा आज मंगन जिल्लास्थित नगर पञ्चायत भवन परिसरमा दिन दयाल उपाध्याय ग्रामीण कौशल्य योजना अन्तर्गत जब मेला आयोजना गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा जिल्ला अध्यक्ष कादो लेप्चा रहेका थिए भने विशिष्ट अतिथिमा मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्री लगायत विभागका अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि कादो लेप्चाले सर्वप्रथम यस कार्यक्रममा सहभागी बन्न आएका विभिन्न कम्पनीका प्रतिनिधिहरूलाई बधाई दिए। उनले राज्यको उत्थान र विकासका लागि युवाहरूमा आत्मनिर्भरताको महत्वबारे जागरूगमाथि कौशल विकास प्रशिक्षणबारे स्पष्ट पारे। सोही प्रकारले एसआइसीबीका मुख्य प्रशासक बिशाल राईले दीन दयाल उपाध्याय ग्रामीण कौशल्य योजनाबारे जानकारी गराए। उनले बताएअनुसार सीप विकास विभागले राज्यका युवाहरूको लागि निश्चित स्थानमा आधारित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ। उनले विभागले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा सबै युवालाई प्लेसमेन्टको व्यवस्था गरिने पनि बताए। यस मेलामा कूल १४ वटा कम्पनीका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए, जसमा युवाहरूलाई फार्मास्युटिकल, अतिथि सत्कार, ब्याङ्किङ लगायत अन्यमा नौकरी उपलब्ध गराइने छ।

About Author

Advertisement