एसकेएम किसान मोर्चाको समन्वय सभा सम्पन्न

IMG-20230323-WA0262.jpg

गान्तोक: आज पश्चिम जिल्लाको जुम सालघारीको कमलटारमा सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको भातृ संगठन किसान मोर्चाको राज्य स्तरीय सभा सम्पन्न भयो। सभाको अध्यक्षता किसान मोर्चाका उपाध्यक्ष प्रभारी एवं कृषि मन्त्री लोकनाथ शर्माले गरेका थिए। सभामा सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरुङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। राज्यका कृषकहरूको उत्थानका लागि सरकारले विभिन्न नयाँ योजनाहरू शुरू गरेको जानकारी गराए। हाल राज्यका कृषकहरूले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै काम गरेकोमा मन्त्री शर्माले खुशी व्यक्त गरे।

About Author

Advertisement