गेजिङमा भाजपा-को जनसभा

IMG-20230315-WA0002.jpg

गेजिङ: भारतीय जनता पाटीको जिल्लास्तरीय समन्वय सभा एवं समावेशी कार्यक्रम आज यहाँको सार्वजनिक भवनमा सम्पन्न भयो। भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष तथा विधायक डीआर थापाले सभाको अध्यक्षता गरेका थिए भने साथमा विधायकहरू एनके सुब्बा, केएस लेप्चा,फरवन्ती तामाङ, राज कुमारी थापा, वाइटी लेप्चा र केबी राईको पनि विशेष उपस्थिति रहेको थियो।

यसै कार्यक्रमको अवसरमा पश्चिम सिक्किमका विभिन्न जिल्ला र समष्टिबाट २ सय भन्दा अधिक भारतीय जनता पार्टीमा सामेल भए जसलाई प्रदेश अध्यक्ष तथा विधायक डीआर थापाले खादा लगाएर पार्टीमा स्वागत जनाए।

उल्लेखनीय छ, पश्चिम सिक्किममा पहिलोपल्ट भारतीय जनता पार्टीको यति ठूलो कार्यक्रम भएको हो जसमा धेरै सङ्ख्यामा पार्टीका कार्यकर्ता एवं समर्थकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक डीआर थापाले २०२४ मा सिक्किममा भारती जनता पार्टीको सरकार बनिने दावी गरे। उनले राज्यमा नामको निम्ति एसकेएम र भाजपाको गठवन्धन सरकार रहे तापनि एसकेएम पार्टीले गठवन्धनको धर्म ननिभाएको आरोप लगाए। यसको साथै एसकेएम सरकारे केन्द्र सरकारबाट आउने गरेको सहुलियतहरूमा पनि लक्ष्मण रेखा कोर्ने कोशिश गरेको पनि विधायक थापाले आरोप लगाएका छन्। अब पूर्वोत्तरका अन्य राज्यमा जस्तै सिक्किममा पनि भाजपा-को सरकार बनाएर थाँतीमा रहेका कामहरू पूरा गरिनुपर्ने उनले अझ बताए। थाँतीमा रहेका विभिन्न केन्द्रीय मागहरू बारे बोल्दै भाजपा-को सरकार आएपछि ती सबै मागहरू पुरा हुने विधायक डीआर थापाले आफ्नो सम्बोधनमा दावी गरे।

सभालाई विधायक एनके सुब्बा, पुर्व जिल्ला अध्यक्ष देबीका सुब्बा, भारतीय जनता पाटीका जिल्ला अध्यक्ष डिगम सुब्बा आदिले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा पाटीका विभिन्न तहका कार्यकर्ता मण्डल अध्यक्ष महासचिव लगायत महिला मोर्चा आदिको उपस्थिति थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *