हवाई सेवा फेरि शुरू

Screenshot_20230315_002843_Samsung-Internet.jpg

पाकिम: स्पाइस जेटले आजदेखि पाकिमको ग्रीन फिल्ड एयरपोर्टबाट आफ्नो सेवा शुरू गरेको छ। यद्यपि, आगामी २६ मार्चदेखि दिल्ली- पाकिम र पाकिम – दिल्लीको निम्ति हवाई सेवा सुचारू रूपमा सञ्चालन हुने बताइएको छ। आज प्रथम दिन ४३ यात्रीले सेवा लिए।उल्लेखनीय छ, स्पाइस जेट अक्टोबर २०२२ देखि सञ्चालन आवश्यकताहरू कारण बताउँदै आफ्नो सेवा बन्द गरेको थियो। लगभग चार महिना स्पाइस जेटले फेरि आफ्नो सेवा शुरू गरिरहेको छ।

About Author

Advertisement