त्रिदेशीय फूटबल टुर्नामेण्टको निम्ति प्राथमिक टीमको घोषणा, गोलकीपर फुर्बाको साथमा मौका पाए आशिष राईले

IMG-20230315-WA0001.jpg

१४ मार्चः भारतीय फूटबल टीमका मुख्य प्रशिक्षक इगोर स्टीमाकले बुधवारदेखि कलकत्तामा शुरु हुने राष्ट्रिय शिविरको निम्ति २३ सदस्यीय अस्थायी टीमको घोषणा गरे, जसमा सिक्किमका गोलकीपर फुर्बा लाचेन्पा टेम्पाको साथमा डिफेण्डर आशिष राई (रिजर्भ)-ले मौका पाएका छन्। टीमको अग्रिम पंक्तिमा सुनिल छेत्रीको साथमा मनवीर सिंहको जोड़ी सामेल छ। भारतीय टीमले तीनदेशीय टुर्नामेण्टको निम्ति इम्फाल यात्रा गर्न अघि कलकत्तामा पाँच दिने अभ्यास शिविरमा हिस्सा लिनेछ। टुर्नामेण्टको आयोजन २२-देखि २८ मार्चसम्म खुमान लम्पक स्टेडियममा हुनेछ। यसमा भारतको साथमा छिमेकी देश म्यांमार र किर्गिज गणराज्यको टीमले हिस्सा लिनेछ। टुर्नामेण्टको निम्ति भारतीय टीमको घोषणा इण्डियन सुपर लीग (आईएसएल)-को फाइनल (१८ मार्च) पछि गरिनेछ। शिविरको निम्ति चयन गरिएका २३-मा १४ जना खेलाड़ी बुधवार यहाँ पुग्नेछन् जबकि अन्य नौजना खेलाड़ी (बेंगलुरु एफसी र एटीके मोहन बगानका)-ले आईएसएल फाइनलको एक दिनपछि १९ मार्चमा कलकत्ता पुग्नेछन्। यसबाहेक ११ जना खेलाड़ीलाई पनि रिजर्भको रूपमा नामित गरिएको छ, जसलाई आवश्यकता परे शिविरमा बोलाइनेछ।
शिविरको निम्ति टीमः
गोलकीपरः गुरप्रीत सिंह सन्धू, फुर्बा लाचेन्पा टेम्पा, अमरिन्दर सिंह।
डिफेण्डरः सन्देश झिंगन, रोशन सिंह, अनवर अली, आकाश मिश्रा, चिंग्रेनसाना कोनशाम, राहुल भेके, मेहताब सिंह, ग्लान मार्टिन्स।
मीडफिल्डरः सुरेश वांगजाम, रोहित कुमार, अनिरुद्ध थापा, ब्रेण्डन फर्नाण्डिस, यासिर मोहम्मद, रित्विक दास, जेक्सन सिंह, लल्लिंजुआला छांगटे, बिपिन सिंह।
फरवर्डः मनवीर सिंह, सुनिल छेत्री, शिवशक्ति नारायणन।
रिजर्भ खेलाड़ीहरूः
गोलकीपरः विशाल कैथ, प्रभसुखन गिल।
डिफेण्डरः सुभाशिष बोस, प्रीतम कोटाल, आशिष राई, नरेन्द्र गहलोत।
मीडफिल्डरः लिस्टन कोलाको, निखिल पुजारी, सहल अब्दुल समद, नाओरेम महेश सिंह।
फरवर्डः इशान पण्डिता।
मुख्य प्रशिक्षकः इगोर स्टीमाक।

About Author

Advertisement