गेजिङमा जिल्लास्तरीय विश्व जल दिवस पालन

IMG-20230315-WA0000.jpg

गान्तोक: गेजिङ जिल्लाको जिल्ला पञ्चायत भवनमा जिल्लास्तरी विश्व जल दिवस पालन गरियो। स्टेट इन्सटीट्यूट अफ् रूरल डेभलोपमेन्ट र पञ्चायतराजको संयुक्त पहलमा आयोजित यस कार्यक्रममा गेजिङ जिल्लाका महकुमा अधिकारी सन्तोष कुमार आले मुख्य अतिथिकोरूपमा उपस्थित थिए। यसरी नै कार्यक्रममा विद्यालयका शिक्षकवर्ग र विद्यार्थीवर्गको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई आकर्षक बनाउन चित्रकला, स्लोगन लेखन, कविता प्रतियोगिता आदिको आयोजना गरिएको थियो।यस प्रतियोगिताको थिम ग्रामीण क्षेत्रणा पिउने पानीको प्रवन्धन र किटाणुको प्रतिशत रहेको थियो। उक्त प्रतियोगिताको निम्ति निर्णायककोरूपमा शिक्षा विभागका उपनिर्देशक राजेश थापा रहेका थिए। कविता प्रतियोगितामा लेग्शेप उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थी यादव शर्मा विजयी बने भने स्लोगन लेखन प्रतियोगितामा देन्ताम उच्चत्तर माध्यमिक विद्यालयका अर्सा याबोल राईले जितेका छन् भने चित्रकला प्रतियोगितामा पेलिङ उच्चत्तर माध्यमिक विद्यालयका देवाशिष राईले जिते। कार्यक्रमका मुख्य अतिथिको बाहुलीबाट विजयी हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियो।

About Author

Advertisement