गुवाहाटी: सर्वोच्च लेखापरीक्षण निकाय एसएआई२० का वरिष्ठ अधिकारीहरूको पहिलो बैठक सोमबार गुवाहाटीमा शुरु भयो। कार्यक्रममा ‘ब्लु इकोनोमी’ र ‘रिस्पोन्सिबल आर्टिफिसियल इन्टेलिजेन्स’ विषयमा छलफल गरियो। एसएआई२० बैठकमा जी-२० सदस्य राष्ट्रहरू, अतिथि देशहरू र अन्य अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी थिए। बैठकमा अस्ट्रेलिया, चीन, किर्गिजस्तान, ब्राजिल, इजिप्ट, इन्डोनेसिया, ओमान, कोरिया, रुस, साउदी अरेबिया, टर्की र युएईका सर्वोच्च लेखापरीक्षण संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो। यस क्रममा सदस्यहरुले विभिन्न अनुभवहरु आदानप्रदान गरे।
भारतको नियन्त्रक र महालेखा परीक्षक, सीएजी गिरीश चन्द्र मुर्मुले गुवाहाटीमा पहिलो सर्वोच्च लेखापरीक्षण संस्था २० (एसएआई२०) का वरिष्ठ अधिकारीहरूको बैठकलाई सम्बोधन गर्नुभयो। यस अवसरमा बोल्दै क्याग गिरीशचन्द्र मुर्मुले एसएआई२० वरिष्ठ अधिकारीहरूको बैठक समावेशी वृद्धि र सबैको कल्याण सुनिश्चित गर्न जी२० सदस्य राष्ट्रहरूको विश्वव्यापी सहयोग र सामूहिक प्रयासको प्रतीक भएको बताए। यसै क्रममा आजादीका अमृत महोत्सवको फोटो प्रदर्शनीको पनि गिरीशचन्द्र मुर्मुले उद्घाटन गरेका थिए। एसएआई२० बैठक १५ मार्चमा समाप्त हुनेछ। एसएआई२० इन्गेजमेन्ट ग्रुपले सार्वजनिक क्षेत्रको लेखापरीक्षण इकोसिस्टममा नीतिगत संवाद र उत्कृष्ट अभ्यासहरू पहिचान गर्छ। जी-२० को एसएआई२० इन्गेजमेन्ट ग्रुप २०२२ मा इन्डोनेसियाको जी-२० अध्यक्षताको समयमा सहयोगी निरीक्षण मार्फत आर्थिक स्टेयरिङ प्रक्रियालाई गति दिन स्थापना गरिएको थियो।









