पाँचजना दृष्टिविहीन विद्यार्थीहरूले दिए उच्च माध्यमिक परीक्षा

Capture4-2.png

फाँसीदेवा: आजदेखि उच्च माध्यमिक परीक्षा शुरू भयो। फाँसीदेवाको विधाननगर सन्तोषिनी विद्याचक्रका ५ जना दृष्टिविहीन विद्यार्थीहरूले आज परीक्षा दिइरहेका छन्। कोरोना महामारीले गर्दा माध्यमिक परीक्षा अनलाइनमार्फत् दिन परेकोले गर्दा परीक्षा केन्द्रमा जाने चाप थिएन। तथापि, यस वर्ष अफ् लाइनको माध्यमद्वारा परीक्षा सम्पन्न भइरहेकोले गर्दा विद्यार्थीहरूले परीक्षा केन्द्रमा गएर परीक्षा दिन पाउँदा निक्कै खुसी छन्। भीमभारस्थित स्नेहाश्रम दृष्टिविहीन विद्यालयका ५ जना दृष्टिविहीन परीक्षार्थीहरूलाई आज विद्यालयबाट वाहनमा चढाएर सकुशल परीक्षा केन्द्र आमबारी विद्यालयमा पुयाइयो। विद्यार्थीहरूले भने, ब्रेल लिपिमा पढेर साथै कहिलेकाहीँ रेकडिङ सुनेर परीक्षाको तयारी गरेका छौं। राइटरमाथि निर्भर गरेर परीक्षा कस्तो हुनेछ। दृष्टिविहीन विद्यार्थीहरूलाई अझ बढी सुयोग सुविधा पाए तिनीहरूलाई राम्रो हुने थियो भनी शिक्षक आशिष दासले बताए।

About Author

Advertisement