उच्च माध्यमिक परीक्षा लेख्न गइरहेकी दुई छात्राले पुलिसको सहयोगमा दिन पाए परीक्षा

IMG-20230314-WA0252.jpg

सिलगढी: आज बिहान १० बजीदेखि शुरु भएको उच्च माध्यमिक परीक्षाको पहिलो दिन आज सिलगढीका दुईजना विद्यार्थीहरू भूलवंश अर्को परीक्षा केन्द्रमा पुगेका थिए। ती विद्यार्थीहरूले आफूहरू अर्को परीक्षा केन्द्रमा पुगेको थाहा पाउँदा १० बजी सकेको थियो प्राप्त जानकारी अनुसार हिन्दी स्कुलका दुईजना छात्रा सिलगढी गर्ल्स स्कुलमा परीक्षा दिन गएका थिए त्यहाँ पुगेर तिनीहरूले उक्त स्कुलमा आफूहरूको परीक्षा केन्द्र नरहेको थाहा पाए। तिनीहरूको परीक्षा केन्द्र बाबुपाडाको जोत्स्नामयी स्कुलमा थियो। यसपछि ती दुईजना छात्राहरू चिन्तित बने। परीक्षा अवधि कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्देश्यले उक्त स्कुलको परीक्षा केन्द्रमा पुलिस कर्मीहरू तैनाथ थिए। सिलगढी थानाका एसआई गोपाल मण्डल पनि त्यहीं ड्युटीमा तैनाथ थिए। तिनले घटनाबारे थाहा पाएपछि ती छात्राहरूलाई आफ्नो वाहनमा चढाएर साइरन बजाउँदै केही मिनटको अवधिमै परीक्षा केन्द्र जोत्स्नामयी स्कुलमा पुऱ्याइदिए। केही विलम्ब भए तापनि ती दुई छात्रालाई परीक्षा लेख्ने अनुमति दिए।

About Author

Advertisement