सोरेङ जिल्लाका विभाग प्रमुखहरूलाई लिएर जिल्लापालको समन्वय बैठक

IMG-20230303-WA0259.jpg

गान्तोक: सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले विभागका प्रमुखहरूलाई लिएर एक समन्वय सभा आयोजना गरे। जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा आयोजित सभाको मुख्य एजेन्डा अपेक्षित जिल्लामा विभिन्न विकासका कार्यहरूलाई लिएर कार्यान्वयन गरिनु रहेको थियो। अपेक्षित जिल्ला कार्यक्रम अन्तर्गत जिल्लामा हुने विकासका कामहरूबारे सभामा छलफल गरियो। यस अवसरमा विशेष गरेर अपेक्षित जिल्ला अन्तर्गत पर्ने दुर्गम साथै पछौटे गाउँहरूमा सम्भव कार्यक्रम अर्थात योजना लागु गर्नु अर्को उद्देश्य रहेको थियो। उक्त जिल्लामा विकासका पाँचवटा बुँदाहरू जस्तै स्वास्थ्य, पोषण, शिक्षा-कृषि तथा जलस्रोत र वित्तीय वित्तीय समावेशी तथा सीप विकास र आधारभूत पूर्वाधार रहेको थियो। सभालाई सम्बोधन गर्दै जिल्लापाल भीम ठटालले प्रगतिशील राष्ट्रको लागि दिगो विकास लक्ष्यहरू स्थानीयकरण गर्ने उद्देश्यका साथ महत्वाकांक्षी जिल्लाको अवधारणाबारे प्रकाश पारे। उनले एडीपी एक केन्द्रीय सरकारको पहल कार्यक्रम रहेको र राज्य सरकार र जिल्ला स्तर प्रशासन सँग मिलेर यसको कार्यन्वयन गरिनुपर्ने विषयमा जोर दिए।उनले उल्लेखित लक्षित क्षेत्रहरूमा सकारात्मक परिणाम हासिल गर्न सम्बन्धित सबै विभागको भूमिका र जिम्मेवारीबारे स्पष्ट पारे।

About Author

Advertisement