दुई दिवसीय अन्तर्राष्ट्रिय मिलेट वर्ष २०२३ को अभियान समापन

IMG-20230303-WA0264.jpg

गान्तोक: राजधानी गान्तोकमा आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय मिलेट वर्ष अभियान आज समाप्त भयो। यो कार्यक्रम भारतीय खाद्य सुरक्षा एवं, मानक प्राधिकरण र सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागद्वारा आयोजित गरेको हो। समापन कार्यक्रममा सूचना, शिक्षा तथा सञ्चार विभागीय अधिकारी शर्मिला राई मुख्य अतिथि थिइन्‌। उनले ‘स्वास्थ्य नै धन’ भन्ने प्रचलित भनाइ सुनाउँदै स्वस्थ जीवन जिउनुको महत्त्वबारे उल्लेख गरिन्‌। उनले कोदोबाट हुने स्वास्थ्य लाभहरू र स्वास्थ्य समस्याहरूबाट बच्न कोदोलाई अन्य खाद्य वस्तुहरूसँग कसरी प्रतिस्थापन गर्न सकिन्छ भन्नेबारे अन्तरदृष्टि दिइन्‌।

समापन सत्रमा दिछिलिङको गैरसरकारी संस्था हाम्रो परिवारले परम्परागत नृत्य तथा गायन प्रस्तुत गरेका थिए। कार्यक्रममा कोदोबाट हुने स्वास्थ्य लाभबारेमा प्यानल छलङ्गल पनि गरिएको थियो।

About Author

Advertisement