देन्ताम डेयरी प्लान्टलाई पुनरूत्थान गर्ने तयारीमा विभाग

IMG-20230303-WA0261.jpg

गान्तोक: सिक्किम सरकारको पशुपालन तथा पशु चिकित्सा सेवा विभाग र,सिक्किम कोअपरेटिभ मिल्क प्रोड्युसर युनियन लिमिटेडले देन्ताममा डेयरी प्लान्टलाई पुनरुत्थान, विकास र सुदृढ गर्ने दिशामा काम गरिरहेको छ। यस प्रयासको एक भागको रूपमा देन्ताम डेयरी प्लान्टलाई विभागीय सचिव पी सेन्थिल कुमार, पशु चिकित्सा सेवा विभागका सहप्रबन्ध निर्देशक, सिक्किम दूध संघ, सिक्किम दूध संघका अधिकारीहरूको टोलीले उक्त क्षेत्रको भ्रमण गर्‍यो। पुनरुत्थानको लागि रणनीति र राज्यमा जैविक दुग्ध उत्पादन प्रणालीमा यस प्लान्टको प्रयोग गरेर पहिचान गरिएको यस प्लान्टको गतिविधिलाई पुनरुत्थान गर्नको लागि आवश्यकता समीक्षा गरिएको थियो। त्यसका लागि आवश्यक कार्य थालिएको छ। सचिवले उक्त क्लस्टरमा दूध खरिद, प्रशोधन र बजारीकरणलाई सहयोग पुर्याचउन निर्देश दिए। टोलीले प्रारम्परिक दुग्ध उत्पादन प्रणालीलाई सहयोग गर्न चॉंडै नै विकासका लागि किसान उत्पादक संस्था सिर्जना गर्ने स्थानको पनि खोजी गर्योा। टोलीले दूध तथा दुग्धजन्य पदार्थको खरिद, प्रशोधन र बजारीकरणका लागि भवन, डेरी प्लान्टलगायतका पूर्वाधारको सुदृढीकरण गर्ने सुविधाको निरीक्षण गरेको छ।

About Author

Advertisement