लोसुङ फुटसल प्रतियोगिताको फाइनल खेल सम्पन्न

IMG-20230226-WA0277.jpg

गान्तोक: स्यारी निर्वाचन क्षेत्र अन्तर्गत पब्युक ११ माइल फुटसल कल्बद्वारा आयोजित लोसुङ फुटबल प्रतियोगिताको आज फाइनल खेल सम्पन्न भयो।आजको फाइलन खेल सदर बोयज बनाम पीएम एफसीबीच सम्पन्न भयो। यस प्रतियोगितामा पीएम एफसीले शून्यको विरूद्ध २ गोल गर्दै ट्रफी आफ्नो टोलीको नाममा दर्ता गर्न सफल बन्यो।

गत १० फऱवरीदेखि शुरू भएको यस प्रतियोगितामा कूल ३२ वटा टोलीले सहभागिता जनाएको आयोजक समितिका अध्यक्ष अरूण लाचेनपाले जानकारी गराए। पत्रकाहरूसँग कुराकानी गर्दै अध्यक्ष लाचेन्पाले युवाहरूलाई कुलतबाट बचाउन साथै उनीहरूलाई राम्रो मार्गदर्शन प्रदान गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो। आयोजक समितिले धेरै वर्ष अघिदेखि लोसार पर्वको अवसरमा विभिन्न प्रकारको गतिविधि आयोजना गर्दै आइरहेको उनले थप बताए। आजको यस समापन कार्यक्रममा मुख्य अतिथिकोरूपमा राज्यका आइटी विभागका सल्लाहकार तेञ्जिङ लामठा रहेका थिए। यस प्रतियोगितामा विजयी हुने टोलीलाई नगद एक लाख प्रदान गरियो भने उपविजयी टोलीलाई ६० हजार सहित आकर्षक पुरस्कार मुख्य अतिथिकोको बाहुलीबाट प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement