बङ्गाल विभाजनको प्रस्ताव पारित गरे,  विरोधमा कार्य योजना तयार गर्नेछ: अजय एडवडर्स

IMG-20230219-WA0259.jpg

दार्जीलिङ: पश्चिमबङ्गालको विधानसभामा बङ्गाल विभाजनको प्रस्ताव पारित गरे गोर्खाल्याण्डपन्थी सभासदहरूले प्रस्तावको विरोधमा कार्य योजना तयार गर्ने गरेको छ। जीटीएको निर्वाचित विपक्षी सभासदहरूको आइतबार (१९ फरवरी) बैठक सम्पन्न भयो। बैठकमा नौजना निर्वाचित सभासदहरूको उपस्थिति रहेको थियो। बैठक पछि पत्रकारहरूसँगको कुराकानीमा हाम्रो पार्टीका अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्सले बङ्गाल विधानसभामा सोमबार अथवा मङ्गलबार बङ्गाल विभाजनको विरोधमा प्रस्ताव पारित गर्ने सुन्नमा आइरहेको बताएका छन्। ‘यदि बङ्गाल विधानसभाले बङ्गाल विभाजनको विरोधमा प्रस्ताव पारित गरेको खण्डमा हामी गोर्खाल्याण्ड समर्पित सभासदहरूले त्यस प्रस्तावको विरोधमा कार्य योजनाहरू तयार गर्नेछौं’, उनले भने। उनले भने, ‘जीटीएको पहिलो सभामा निर्वाचित सभासदहरूको एक स्वरमा गोर्खाल्याण्डको प्रस्ताव पारित गरिएको थियोl’ जीटीएका मुख्य कार्यपाल अनित थापाले मिडिया रिपोर्टमा छुट्टै राज्यले गोर्खाहरूको जातीय परिचय दिँदैन भन्ने मनतब्य पोखेका बताउँदै अजय एडवाडर्सले भने, ‘अनित थापा दाजुलाई यसबारे पूर्ण ज्ञान नभएको हुनसक्छ। पर्जापटटा बारे सरकारले अधिसूचना जारी गरोस् त्यसपछि हामी आफ्नो पक्ष राख्नेछौं। चिया श्रमिक, सिन्कोना श्रमिक, वन बस्ती, डीआई फण्ड आदि क्षेत्रहरूमा बसोबासो गर्नेहरू सबैले आफ्नो घर जमीनको पर्जापट्टा पाउनुपर्छ भन्ने हाम्रो पनि अडान छl तर जबसम्म यसबारे अधिसूचना जारी गर्दैन तबसम्म हामी यसबारे कुनै प्रकारको मन्तव्य पोख्न चाहँदैनौंl’ उनले अझ भने, ‘भोलि,पर्सी भित्रमा विधानसभामा बङ्गाल विभाजनको विरोधमा प्रस्ताव पारित गर्नेछ भन्ने सुन्नमा आउँदैछ, यदि विधानसभामा बङ्गाल विभाजनको विरोधमा प्रस्ताव ल्याए, पहाडका निर्वाचित भएका विधायकहरूले विरोध जनाउने छन्l’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement