जीटीएले ट्रक चालकहरुको मांग झट्ट पूरा गर्नुपर्छ: गोर्खा एकता चालक संगठन

IMG-20230219-WA0264.jpg

दार्जिलिङ: गोरामुमोके भातृ संगठन गोर्खा एकता चालक संगठनले दार्जीलिङ ट्रक मालिक र ड्राइभर वेलफेयर एसोसिएसनले ढाकेको बन्दलाई पूर्ण समर्थन जनाएको छ। गोर्खा एकता चालक संगठनका अध्यक्ष सागर राईले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुको मांग सही रहेको ठहर गर्दै भने, ‘हामीलाई दु:ख लाग्छ विगत केही वर्षदेखि चालक दाज्युभाईहरुलाई यस्तो दवाब अनि दु:ख परिरहेको छ। ट्रक चालक वेलफेयर एसोसिएसनले जुन प्रकारले एउटा एकता देखाएको छ त्यसलाई पूर्ण समर्थन जनाउँदछौं। यो बन्दलाई जीटीएले कुनै चासो नदेखाएको जस्तो लाग्छ। ट्रान्सपोर्ट विभाग जीटीएको अधिकारभित्र पर्छ। बन्द पनि यस्तो समयमा भयो यति बेला ट्रक चालक दाज्युभाईहरुको छोराछोरीहरुको स्कूलको दाखिला गर्ने खाता-किताबहरु किन्ने समय हो र आज त्यो बन्दले चालक दाज्यु भाईहरुलाई कति पीर मार्का परेको छ चालक दाज्युभाईहरुको चुला कसरी जल्दैछ। जीटीएलाई सायद थाहा छैन होला बंगाल सरकार त टाढोको कुरा हो तर यसको समाधान जीटीएले गर्नु पर्ने कुरा हो।’
ट्रक चालक र मालिकहरूको जीटीएले कुनै चासो नदेखाएकोमा सागर राईले दु:ख व्यक्त गर्दै भने, ‘ट्रक डाइभर एसोसिएसनले राखेको मांग एउटा सानो विषय हो र जीटीएले चाहेको खण्डमा एक घण्टामा यसको समाधान गर्न सक्छ तर बैठक बसेर पनि पनि कुनै निर्णय दिनु नसक्नु दु:खको कुरा हो। जीटीएले यति सानो कुराको समाधान त गर्नु सक्दैन भने हामीले ठूलो कुराको के आशा गर्नु?’
उनले जीटीए कार्यपाल अहिले आफ्नो पार्टी विस्तारमा ब्यस्त छ भन्दै उनले एसोसिएसनलाई बोलाएर बैठक ढाकेको हामीले सुनेको छैनौं र उनले चाहेको खण्डमा आजभोलिभित्र समाधान हुने कुरा हो भनी सागर राई आरोप समेत लगाएका छन्। विज्ञप्तिमा भनिए अनुसार भोलिदेखि ग्यासको वाहन पेट्रोलको वाहन समेत बन्द हुने कुरा छ यसले दार्जीलिङको जनतालाई ठूलो असर पर्नेछ र जीटीएले झट्ट बैठक डाकेर समस्याको समाधान गर्नुपर्छ भनी मांग गरेका छन्। भोलिको दिनमा यसको समस्याको समाधान नभए धैर्य टुट्ने सम्भावना देखिन्छ। एउटा ठूलो घटना घट्न सक्छ भनी उनले चेतावनी समेत दिए ।यो एउटा माध्यम हुन सक्छ किन भने चालक दाज्युभाईहरुको ठूलो भकानो छ प्रशासनले धेरै अन्या्र अत्याचार गरेकोछ यसकारण जीटीए कार्यपाल, ट्रान्सपोर्ट बिभागका सभासद अनि हिमालयन ट्रान्सपोर्ट कोअर्डिनेसन कमिटीलाई गोर्खा एकता चालक संगठनको तर्फबाट अपिल गर्दै भन्न चहान्छु – ‘यस्तो कुनै दुर्घटना, अशान्ति हुन अघि नै झट्ट बैठक डाकेर समस्याको समाधान गरि दिए असल हुन्थ्यो ताकि सोमबारदेखि भन्द हुन पूर्व नै समाधान भए ट्रक चालक दाज्युभाई अनि सर्वसाधारणले शान्तिको स्वास फेर्न सकोस्। सोमबारदेखि ट्रकहरु सुचारु रुपमा चल्न सकेको होस् ट्रक बन्दले जनतालाई धेरै असुविधा पर्न जान्छ।’

About Author

Advertisement