बर्मेकमा कृषकहरूलाई आवश्यक उपकरण वितरण

IMG-20230203-WA0133.jpg

गान्तोक: पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तर्गत गेजिङ बर्मेक निर्वाचन क्षेत्रको महात्मा श्रीजङघा वरिष्ठ माध्यमिक विद्यालयको खेलमैदान आज सिक्किम सरकारको कृषि विभागवाट प्रधानमन्त्री कृषि सिंचाई योजना सूक्ष्म सिंचाई अन्तर्गत जागरूकता साथै इनपुट वितरण कार्यक्रम सम्पन्न भयो।यस वितरण कार्यक्रममा सिक्किम सरकारका कृषि,बागवानी, पशुपालन तथा श्रम विभाग मन्त्री लोकनाथ शर्मा मुख्य अतिथि रहेका थिए भने साथमा पशुपालन विभागका सल्लाहकार दुर्गाप्रसाद प्रधान,विभागका संयुक्त निर्देशक योगेश शर्मा जिल्ला ग्राम पञ्चायत विभागीय अधिकारी लगायत स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो। यस अवसरमा हि- मार्तम खण्ड विकास कार्यलय अन्तर्गत याङसुम चिन्थाङ र हि- पातल पेचरेक ग्राम पञ्चायतका २३५ लाभार्थीहरू वितरण गरिएको थियो।

यस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लोक नाथ शर्माले वर्तमान सरकारले अहिले १९ वटा कृषि उत्पादनमा प्रोत्साहन राशि दिएर कृषकहरूलाई अघि बढाउने काम गरेको बताए। सरकारले सिक्किम जैविक कृषि विकास एजेन्सी गठन गरेर मुख्य मन्त्री कृषि आत्मा निर्माण योजना अन्तर्गत १९ वटा कृषि उत्पादनलाई प्रोत्साहन राशिहरू वितरण गरि रहेको छ भने अहिलेसम्म यस क्षेत्रमा ९ करोड ५८ लाख वितरण गरि सकेको जानकारी दिदै यसको लाभ १४ हजार २९७ कृषकहरूले उठाइ सकेको बताए। मुख्यमन्त्री पशुधन समृद्धि योजना अन्तर्गत दूध उत्पादनमा अहिलेसम्म राज्यमा ३४ करोड प्रोत्साहन राशि वितरण गरिसकेको जानकारी गराए। यो योजनावाट ४५ हजार दूध उत्पादक कृषकहरूले लाभ पाएको जनाए।सुँगुर पालनमा ३ करोड र मुख्यमन्त्री माछा उत्पादन योजनामा अहिलेसम्म ५८२ कृषक ६८ लाख ८० हजार प्रोत्साहन राशि वितरण गरि सकेको जानकारी दिदै उनले वर्तमान सरकारले कृषि क्षेत्रलाई अघि बढाउन प्रोत्साहन राशि मात्र अहिलेसम्ममा अरबौं रूपियाँ कृषकहरूको खल्तीमा हालि सकेको उपस्थित सबैलाई जानकारी दिए।उनले अझ भने सरकारले योजनाहरू धेरै बनाएको छ त्यसलाई तल्लो स्तरसम्म पुर्‍याउन दायित्व विभागीय अधिकारीहरूको रहेको बताए। जतिसक्दो लाभ कृषकहरूलाई दिलाउनु पर्ने मन्त्रीले विभागलाई आग्रह गरे।कतिपय तालमेलको अभावले गर्दा कृषकहरू अन्योलमा परिरहेको बताए। यस विषयमा तल्लो स्तरमा काम गर्ने सरकारी कर्मचारीहरूले गाउँ गाउँमा जनचेतना गरिदिने अनुरोध गरे।उनले सिक्किमको उत्पादनलाई विश्व बजारमा पुर्‍याउन सरकारले निरन्तर काम गरि रहेको छ भन्दै यो सरकार कथनीमा होइन करनीका विश्वास गर्छ भन्दै हामी जब सम्म उध्यामशील हुन सक्दैनौं तबसम्म हाम्रो आर्थिक स्थितिमा सुधार ल्याउन सकिदैन भन्दै सबै मिलेर कृषि क्षेत्रलाई अघि बढाउनुपर्ने सुझाव राखे।सरकारले दिएका उपकरण साथै सर समानलाई सहीरूपमा प्रयोग गरि लाभ उठाउनु पर्ने सुझाव दिए।नागरिकहरू अफवाहको पछि नलागेर सत्य तथ्यको पछि लाग्नुपर्ने पनि उनले सचेत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement