कोविड़ सिक्किम: राज्य कोरोनामुक्त बन्दै

IMG-20230203-WA0134.jpg

गान्तोक: राज्यमा केही दिनदेखि कोरोनाको नयाँ मामिला शून्य रहेको छ। राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी रिपोर्टबाट प्राप्त जानकारी अनुसार, मोठ ६८ वटा नमूना जाँच गर्दा, आज पनि कोरोनाभाइरसको एउटै पनि नयाँ मामिला फेला परेको छैन। जाँच गरनेहरूमा गान्तोक जिल्लाबाट सर्वाधिक ६७ वटा र सोरेङ जिल्लाबाट १ जना गरी रहेका छन्। सबै ६८ वटै नमूनाको रिपोर्ट नेगेटिव आएको छ। यसरी निरन्तर कोरोनाको नयाँ मामिलामा ह्रास आएपछि गत एक हप्ताभित्रमा राज्यमा कोरोनाको पोजिटिविटी दर ० प्रतिशत रहेको छ। हाल राज्यमा कोरोनाको सक्रिय मामिला पनि शुन्य रहेको छ। कोरोना शुरुभएदेखि हालसम्म राज्यमा ४४ हजार ३२२ जना संक्रमित बनिसकेका छन् भने ४३ हजार ३८ जना कोरोनामुक्त बनिसकेका छन्। हालसम्म यस भाइरसबाट ४९९ जनाले ज्यान गुमाइसकेका छन्।

About Author

Advertisement