९ फरवरीको दिन राष्ट्रिय राजधानी जन्तर- मन्तरमा धरना गर्ने

87777

गान्तोकः सिटिजन एक्सन पार्टी (सीएपी) ले आगामी ९ फरवरीको दिन राष्ट्रिय राजधानी जन्तर- मन्तरमा धरना गर्ने भएको छ। धरनामा सहभागी बन्न इच्छुक सबैलाई सीएपीले स्वागत जनाएको छ। सीएपीका प्रवक्ता महेश राईले आयकर छुट मामिलामा सुप्रिम कोर्टको निर्णय आएपछि सिक्किममाथि आइलागेको संकटप्रति केन्द्रिय नेतृत्वहरूको ध्यान आकर्षित गर्न सीएपीले ९ फरवरीको दिन जन्तर-मन्तरमा धरना प्रदर्शन गर्ने निर्णय लिएको बताए। उनले धरनापछि पनि सीएपीले केन्द्रका सम्बन्धित निकायहरूमा गएर भेट गर्ने योजना बनाएको आज पत्रकार सम्मेलनमा जानकारी गराए।

उनले अहिले सिक्किममाथि आइलागेको संकटको निम्ति वर्तमान एसकेएम र पूर्वको एसडीएफ दुवै सरकार जिम्मेवार रहेको छ भनी बताए। सिक्किमे जनताले मुख्य दोषीहरू हाम्रै नेताहरू हुन्‌ भन्ने कुरा बुझ्नु पर्छ भन्दै राज्यमा साम्प्रदायिक सद्भावलाई बिग्रिन दिनु नहुने बताए। उनले राजनीतिक नेताहरू सतर्क अनि इमान्दार भएको भए यस्तो स्थिति उत्पन्न हुने थिएन भनी बताए। यसैगरी, सीएपीका सदस्य हेमराज अधिकारीले सिक्किमे नेपालीमाथि विदेशीको कलंक लागेपछि सिक्किमे नेपालीहरूले आफ्नो अस्तित्व गुमाएको बताए। सरकारको पुनरावलोकन पाचिकामाथि बोल्दै उनले सरकारले पारदर्शी काम गर्नुपर्छ र फेरि धोका हुनुहुँदैन भनी बताए।

एसडीएफ पार्टीले ४ र ५ फरवरी डाकेको बन्दको घोषणालाई सीएपीले ढोङ ठहर गरेको छ। प्रवक्ता राईले २०१३ मासुप्रीम कोर्टमा ओल्ड सेटलर्सले याचिका दर्ता गर्दा सरकारमा एसडीएफ पार्टी नै रहेको बताए। काम बिगार्नेले नै बन्दको घोषणा गर्नु ढांग रहेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement