आउँदो पञ्चायत चुनाउमा भाजपाले अझ राम्रो परिणाम ल्याउने पर्यवेक्षक मंगल पान्डेकाे दावी

IMG_20230203_214918.png

बाघडुग्रा: भाजपाका पर्यवेक्षक मङ्गल पान्डे कुचबिहारमा दलीय कार्यक्रममा भाग लिनको लागि आइपुगेका छन्। भाजपाका नेता तथा कार्यकर्ताहरूले बाघडुग्रा विमान अड्डामा तिनलाई भव्य स्वागत जनाए। कुचबिहार प्रस्थान गर्नअघि विमान अड्डामा पत्रकारहरूसित कुराकानी गर्दै केन्द्रको बजटको प्रसङ्गमा तिनले भने, यस बजटले देशको प्रगतिको लागि काम गर्नेछ। देशको अर्थ व्यवस्थालाई विकसित गर्नको लागि साधारण मानिसहरूलाई ध्यानमा राखेर यस बजट तयार गरिएको हो। यसको साथै आगामी पञ्चायत चुनाउलाई केन्द्र गरेर भाजपाले क्रमागत रूपमा संगठन विस्तार गरिरहेको छ। भाजपाले लोकसभा र विधानसभा चुनाउमा राम्रो मत ल्याएको थियो। यसैले २०१८ को पञ्चायत चुनाउ भन्दा पनि राम्रो परिणाम ल्याउने तिनले आशा व्यक्त गरे।

About Author

Advertisement