विण्टर कपः बादल एफसी र अर्किड सेभेन प्री-क्वार्टर फाइनलमा

CollageMaker_20232313343606.jpg

३ फरवरीः ब्ल्याक हर्स फूटबल क्लब (रोहिनी)- को तत्त्वावधानमा आयोजित विण्टर कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा बादल एफसी र अर्किड सेभेनले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। ए.जे. फूटबल ग्राउण्डमा खेलिने पहिलो म्याचमा बादल एफसी-ले चैतेपानी एफसी-लाई ५-३ पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा खरसाङको अर्किड सेभेनले नयाँकमान स्पोर्टिंग क्लबलाई २-०-ले पराजित गऱ्यो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ६ र ७ फरवरीमा खेलिनेछ। यसरी नै फाइनल १२ फरवरीमा हुनेछ। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement