आदिवासी सामुहिक विवाह समारोहको विरोधमा आविपको आपत्ति

IMG-20220606-WA0137.jpg

कालचिनी। मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा बुधबार सुभाषिनी मैदानमा सम्पन्न हुने आदिवासी सामुहिक विवाह अर्थात गण विवाहको आदिवासी दृष्टिकोणमा कुनै मान्यता नरहेको दाबी गर्दै आज अखिल भारतीय आदिवासी विकास परिषदको पक्षबाट अलिपुरद्वार डुवर्सकन्यामा पुगेर एउटा लिखित ज्ञापन सुम्पिएको जानकारी अखिल भारतीय आदिवासी विकास परिषदको अलिपुरद्वार जिल्ला सभापति बाबलु लाकड़ाले दिएका छन।
अखिल भारतीय आदिवासी विकास परिषदको राज्यका कार्यकारी अध्यक्ष तेजकुमार टोप्पो द्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा आदिवासी गण विवाहको आदिवासी मूल्य मान्यतामा कुनै सरोकार नरहेको तर यसको पहल अवश्यै पनि आरएसएस र भीएचपी द्वारा गर्दै आईरहेकोले यसलाई स्थगित गर्ने मुख्यमन्त्री समक्ष निवेदन चढ़ाईने आविप नेताहरुले जनाएका छन।
कुनै कुनै आदिवासी संगठनहरुले यसलाई पहल गरेको तर यसमा आभाआविपसित कुनै सल्लाह नलिई यो आदिवासी गण विवाहको कार्यक्रम तय गरिनु दुर्भाग्यपुर्ण भएको अभाआविप अलिपुरद्वार जिल्ला सभापति बाबलु लाकड़ाले जनाएका छन।
गण विवाहको विवाद आज पर्यन्त आदिवासी समाजमा चलिरहेको बेला यसरी अचानक गण विवाहको कार्यक्रम हुँदा आदिवासी समाज भ्रममा पर्ने देखिएको आदिवासी नेताहरुले बताएका छन।
यद्यपि अगावै आदिवासी गण विवाहको तयारी भईसकेकोले यसलाई बहिष्कार गर्न नमिलेता पनि मुख्यमन्त्री समक्ष यसबारे अवश्यै आवेदन राख्ने परिषदको नेताहरुले जनाएका छन
यता अचानक यसरी अखिल भारतीय आदिवासी विकास परिषदको पक्षबाट आदिवासी गण विवाह अर्थात सामुहिक विवाहको विरोध हुनुले आदिवासी राजनैतिक माहौलमा व्याकुलता छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement