कालचिनी। विभिन्न ट्रेड यूनियनहरु भाजपा,तृणमूल, आरएसपी, सीपीआईएम, गोजमुमो, आविप र कंग्रेस आदिको ट्रेड यूनियनहरुको सहभागितामा आज न्युनतम रोज र अन्य दाबीहरु लिएर आजदेखि प्रत्येक चियाबारीहरुमा २ घन्टाको गेटसभा सम्पन्न भएको छ।
आज यस क्रममा मेचपाड़ा, भाटपाड़ा, सेन्ट्रल डुवर्स, चुवापाड़ा, अठियाबारी, भातखावा आदि चियाबारीहरुमा श्रमिकहरुको न्युनतम रोजको फसेला शीघ्र गरिनु पर्ने दाबीमा २ घन्टाको गेटसभा सम्पन्न भएको थियो।

यस क्रममा आज मेचपाड़ा ८ नम्बर डिभिजनमा सम्पन्न गेटसभामा सम्पूर्ण श्रमिकहरुको सहभागिता रहेको थियो भने सो अवसरमा भाजपा समर्थित बीटीडब्ल्यूयूको नेता तोफिल सोरेङले श्रमिकहरुलाई ट्रेड यूनियनका शीर्षस्थ नेताहरुमाथि अब भरोसा नरहेको र मालिकपक्षसित मिलेर श्रमिकहरुको असली लेनदेन चुक्तिलाई धमिल्याउने काम गरिरहेकोले अब सबै श्रमिकहरु मिलेर पार्टी र ट्रेड यूनियनको रङ्ग नहेरी एकता भएर आन्दोलन गर्नु पर्ने आह्वान गरेका थिए।
यो गेटसभा फसेला नभएसम्म जारी राख्ने अवश्यै श्रमिकहरुको हित हुने तोफिल सोरेङले श्रमिकहरुलाई आह्वान गरेका थिए।









