कोलकाता: विधानसभाको अधिवेशन १० जूनदेखि शुरु हुँदैछ। यस अधिवेशनमा ६ वटा विधेयक ल्याइने भएको छl परिषदीय दलका मन्त्री पार्थ चटर्जीले संशोधन गरिएका सबै विधेयक शिक्षासँग सम्बन्धित हुने बताए। अधिवेशनमा प्रतिपक्षको सहभागिता कसरी हुन्छ, प्रश्नको जवाफ दिने मौका मिल्छ वा हुँदैन, यो सबै जानकारी विधानसभा अध्यक्ष विमन ब्यानर्जीले दिनेछन्। यसबाहेक अधिवेशन कति समयसम्म चल्ने भन्ने कुरा पनि महाधिवेशन समितिमा तय हुनेछ।









