कवि जइन्द्र जेनियमका तीनवटा कृतिहरूको विमोचन सम्पन्न

IMG-20220606-WA0136.jpg

सोनादा: वरिष्ठ कवि जइन्द्र जेनियमका तीनवटा कृतिहरूको विधिवत लोकार्पण समारोह सोनादास्थित ग्रीनहिल विद्यालय भवनमा सम्पन्न भयो। सोनादा साहित्य संस्थानको आयोजना एवं संस्थानकै अध्यक्ष साहित्यकार राजेन्द्र पासाको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार डा. जीवन नामदुंग, विशिष्ट अतिथिहरूमा साहित्यकार ग्याल्पो लामा,कथाकार उदय सुब्बा गोर्खा, कवि सूर्य श्रेष्ठ, समालोचक मेघनाथ छेत्री, प्राचार्य टीटी शेर्पा आदि उपस्थित थिए। बहुआयामिक व्यक्तित्व एवं थुप्रै संघ संस्थासित सक्रिय रूपले आबद्ध रहेर पनि साहित्यमा एकनिष्ठ लागिपर्ने कवि जेनियमका यसपूर्व तीनवटा कृतिहरू प्रकाशित भइ सकेको छ भने दृश्यपछि अदृश्य उनको चर्चित कृति पनि हो। आज विमोचन भएको कृतिहरूमा दृष्टि कविता सङ्ग्रह, दीपशिखा एव दीपमाला वाल साहित्य अन्तर्गत कृति हुन्। दीपमाला वाल कविता सङ्ग्रहलाई युवा कवि विमर्श गुरूङले अङ्ग्रेजीमा पनि अनुवाद गरी समानान्तर रूपले प्रकाशित गरिएको छ।विगत नव्वेको दशकदेखि वाल साहित्यमा निरन्तर कलम चलाउदै विभिन्न पत्र-पत्रिकाहरू तिर प्रकाशित गर्दै आइरहेका कवि जेनियमले निक्कै यत्न अनि श्रमसित उक्त कृति पाठकहरू समक्ष आएको कुरा राख्दै उनको कृतिहरू बिशेषतहरूवारे वक्तव्य डा साङ्मु लेप्चाले राखे। प्रा. मेघनाथ छेत्रीले दृष्टि कविता सङ्ग्रह माथि वोल्दै कवि जेनियमको लेखनको धार विछट्टै बेग्ला रहेको बताए। युवाकवि नरेश कटुवालले सञ्चालन गरेको उक्त समारोहमा साहित्यकार रामराज राईले कवितात्मक स्वागत सम्भाषण राखेका थिए। समारोहमा प्रमुख अतिथि डा. जीवन नामदुंगले कृतिकारलाई पुस्तक प्रकाशन जस्तो प्रशंसनीय कार्यको निम्ति वधाई दिए।दार्जिलिङ, खरसाङ, मिरिक, मङ्पु, कालेबुङ, सुकुना एंव सोनादा भेगवाट आएका साहित्यकार, समाजसेवी एव॔ विशिष्ट व्यक्तिहरूको उपस्थितिमा कवि जेनियमका तीन कृतिहरूको विमोचन गरियो भने अनुवाद विमर्श गुरुङले आफ्ना अनुभवहरू साझा गरे।विश्व पर्यावरण दिवसको अवसर परेकोले समारोहमा पाँचवटा विरुवा पनि रोपियो भने समारोहमा कविका धर्मपत्नी एंव प्रकाशिका सावित्री गुरुङ पनि उपस्थित थिए भने समारोहलाई युवा कवि रोशन राई चोटले धन्यवाद ज्ञापन गरेका थिए।

About Author

Advertisement