न्यायालय परिसरमा देशको ७४ औँ गणतन्त दिवस पालन

सिक्किमः सिक्किम उच्च न्यायालयले आज न्यायालय परिसरमा देशको ७४औँ गणतन्त दिवस मनायो। उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाइरले राष्ट्रिय झण्डा फहराएपछि सिक्किम सशस्त बलको गार्ड अफ अनर ग्रहण गरे। यसपछि, उपस्थित सबै गणमान्य व्यक्तिहरूले राष्ट्रगान गाए। कार्यक्रममा सिक्किम उच्च न्यायालयकी न्यायाधीश न्यायमूर्ति मीनाक्षी मदन राई पनि उपस्थित थिइन्‌। यसैगरी, सिक्किम लोकायुक्तका अध्यक्ष न्यायमूर्ति एपी सुब्बा, रेजिस्ट्रार जेनरल, रेजिस्ट्रार, न्यायाधीशहरू, न्यायिक अधिकारीहरू, बार एसोसिएशनका सदस्पहरू तथा अन्यहरू पनि उपस्थित थिए।


About Author

Advertisement