गान्तोकः सिक्किमका राज्यपाल गंगा प्रसादले राष्ट्रको ७४औँ गणतन्त्र दिवसको शुभ अवसरमा सिक्किमवासी अनि सबै देशवासीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले आजकै दिन ७३ वर्षअघि राष्ट्रले स्यवंलाई एउटा संविधान दिएको थियो, जसले भारतलाई एउटा सम्प्रभु, समाजवादी, धर्मनिरपेक्ष, लोकतान्लिक, गणराज्यको रूपमा स्थापित गरेको थियो भनी बताएका छन्।
राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, भारत संसारको सबैभन्दा ठूलो लोकतान्तिक देश हो। आज हामी महान स्वतन्त्ता सेनानीहरूका देशभक्ति र दूरदर्शिताप्रति क्रणि छौँ जसले आफ्नो जीवनको बलिदान दिएर हामीलाई स्वतन्त्न भारतका स्वतन्त्न नागरिकको रूपमा सम्मानपूर्वक जिउने सौभाग्य प्रदान गरेका छन् र ती महान दूरदर्शी राजकीय कौशलयुक्त व्यक्तिहरूप्रति गहिरो सम्मान व्यक्त गर्दछौं, जसले हामीलाई लिखित संविधान दिएका छन् जो हाम्रो राज्य अनि राष्ट्र निर्माणको आधार हो।

आफ्नो असाधारण प्रदर्शनका कारणसिक्किम कृषि, ग्रामीण विकास, स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र अन्य धेरै क्षेत्रहरूमाअनुकरणीय राज्यको रूपमा सफलतापूर्वक उभिएको छ। सिक्किमको शान्तिपूर्ण वातावरण, आपसी सद्भाव र स्थिरताले देशको एकता र अखण्डतामा विशेष योगदान पुर्याउँछ र यो सिक्किमका लागि गर्वको कुरा हो।

उनले भनेका छन्, वर्ष २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा गरिएको छ।भारतको तर्फबाट संयुक्त राष्ट्र संघमा यो प्रस्ताव राखिएको थियो, जसमा भारतको प्रस्तावलाई ७० भन्दा अधिक देशहरूको समर्थन प्राप्त भयो र वर्ष २०२३ लाई “अन्तर्राष्ट्रिय कोदो वर्ष-को रूपमा घोषित गरिएको छ। पोषक अन्नकोरूपमा कोदोमा धेरै पौष्टिक तत्वहरू पाइन्छ, जुन स्वास्थ्यको निम्ति लाभदायकहुन्छ।यस दिशामा सिक्किम सरकारको कृषि विभागले पहिलेबाटै जैविक कोदोको खपतलाई लोकप्रिय बनाउनभारत सरकारका प्रयासहरूसँग पहल गरिरहेको छ। साथै सिक्किममा, मार्च २०२३ मा हुने जी-२० शिखर सम्मेलनबाट अन्तर्राष्ट्रिय कोदो वर्षले थप बल प्राप्त गर्नेछ। मेरो सरकार यस ठोस सङ्कल्पको उद्देश्यलाई पूरा गर्नप्रति प्रतिबद्ध छ र यस दिशमा पूर्ण तालमेलका साथ अग्रसर भएर कार्य गर्नेछ। राज्यपालले भनेका छन्, सिक्किमलाई आज व्यापक रूपमा देशको सबैभन्दा प्रगतिशील राज्यको रूपमा स्वीकार गरिएको छ। हामीलाईभारत सरकार एवम् अन्य एजेन्सीहरूद्वारा पर्यटन, स्वास्थ्य, शिक्षा, पर्यावरण, आदि क्षेत्रमा विभिन्न श्रेणीहरूमा प्रदान गरिने धेरै राष्ट्रिय अनि अन्य पुरस्कारहरूको श्रेय प्राप्त छन्। राज्यको समग्र योजना प्रक्रियामा हामीले राष्ट्रिय उद्देश्य प्राप्गर्नका लागि व्यापक विकासात्मक रणनीतिलाई विकसित गर्दै राष्ट्रिय परिप्रक्षय र भारत सरकारको नीति निर्देशनलाई निरन्तर ध्यानमा राखेकालै यो उपलब्धि सम्भव भएको हौ। राज्यपालले आफ्नो सन्देशमा अझ भनेका छन्, सिक्किमले देशको औसतको तुलनामा अधिकांश स्वास्थ्य क्षेत्रमा राम्रो प्रदर्शन गरेको छ। सिक्किममा शिशु मृत्युदर (एसआरएस २०२०) देशमा २८ प्रति १००० जीवित जन्महरूको तुलनामा ५ प्रति १००० जीवित जन्म छ। राष्ट्रिय जन्मदर १९.५ को तुलनामा सिक्किमको जन्मदर १५६ छ। सम्पूर्ण देशमा ६.० को तुलनामा सिक्किममा अशोधितमृत्युदर ४.१ छ। २०११ को जनगणनाअनुसार ०-६ वर्षको आयु वर्गमा महिला बाल लिङ्ग अनुपात प्रति १००० केटाहरूको तुलनामा देशमा ९१८ र सिक्किममा ९५७ छ। सिक्किम संस्थागत प्रसवको धेरै राम्रो प्रदर्शन छ। राष्ट्रिय औसत ७८.९ प्रतिशतको तुलनामा सिक्किममा ९४.७ प्रतिशत छ। यस्तै प्रकारले देशको ५८.१ प्रतिशतको प्रसवपूर्ण जाँचको तुलनामा सिक्किममा प्रसवपूर्ण जाँच ५८.४ प्रतिशत छ।
उनले भनेका छन्, सरकारले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ अनि विभिन्न नीतिहरू लागू गरेको छागुणस्तरीय शिक्षा प्राप्तिको निम्ति शिक्षकहरूलाई तालिम र एक्सपोजर भ्रमणको व्यवस्था गरिएको छ। विद्यार्थीहरूको ड्पआउटको सङ्ख्यालाई घटाउने उद्देश्यले निःशुत्क पाठ्यपुस्तकहरू र पुनिफर्म उपलब्ध गराउन जारी राखैकोछ, यसका अतिरिक्त मेरो सरकारले शिक्षा क्षेत्रलाई थप सुइढ पार्न धेर कदमहरू चालेको छ। आज सिक्किम जैविक खेती गर्ने भारतको अग्रणी राज्य हो, जसलाई विश्वव्यापी मान्यता छ। सिक्किमका सबै किसानहरूका लागि जैविक खेती महत्त्वपूर्ण विकल्प हो, जहाँ खैतीका तौड-तरिकाहरू धेरै हदसम्म प्रकृतिअनुरूप छन् र रासायनिक मलहरू प्रतिबन्धित छन्। मेरी सरकारको उद्देश्य किसान र कृषि व्यवसायीलाई धेरैभन्दा धेरै लाभ दिनु होसाधै उत्पादनलाई बढावा दिनु ही। यसलाई पूरागर्नहामीले उत्पादन, प्रसंस्करण र विपणनसम्बन्धीसम्पूर्ण मूल्य श्रृ्खलाकोएउटा योजना बनाएका छौँ। किसानहरूको उत्पादन हुने ठाउँमा उत्पादन क्लस्टरहरू पहिचान गरिएको छ, जहाँउत्पादक किसान सङ्घठन (एफपीओ) गठन गर्न सकिन्छ। यस योजनालाई सफल बनाउन इनपुट सब्िडी र प्रशिक्षण पनि प्रदान गरिएको छ।
उनले आह्वान गर्दै भनेका छन्, राज्यमा अहिलेसम्म गरिएको प्रगति अनि विकासको गतिलाई अझ तीव्र बनाउने जिम्मेवारी सबै सिक्किमवासीको हो। यसको निम्ति हरेक सिक्किमवासीको योगदानको अपेक्षा गर्दछु।तपाईंहरूको सहयोग अनि हाम्रो सामूहिक प्रयासबाट मात्र सरकारको सपनालाई सफल बनाउन सकिन्छ। म राज्यका सबै मानिसहरूलाई अघि आएर सरकारसँग मिलेर काम गर्ने अपील गर्दछु। राज्यको सर्वाङ्गीन विकास अनि समृद्धिको निम्ति शान्ति अनि सद्भावको यस स्वच्छ वातावारणलाई अझ सुइढगर्न सबैले योगदान पुर्याउन आग्रह गर्दछु। आउनुहोस्, हामी सबै निरन्तर सबै क्षेत्रमा निर्धारित विकास लक्ष्यहरूको दिशामा मिलेर काम गर्ने सङ्कल्प गरौँ। हामीलै कडा परिश्रम गर्न जारी राखौँ अनि ट्ढतासित धेरैभन्दा धर सामूहिक लक्ष्यहरू प्राप्त गरौँ। मलाई विश्वास छ, हाम्रो सामूहिक प्रयासले आउने भविष्यमा राज्यलाई विकासको उच्चाइमा पुर्याउने छौँ अनि यसमा अवश्य सफल हुनेछौ।










