सिक्किमको तुलाराम उप्रेतीलाई पद्मश्री पुरस्कारले सम्मानित

पाकिमः पाकिम जिल्ला अन्तर्गत असम लिङजे निवासी तुलाराम उप्रेतीलाई कृषिको क्षेत्रमा जैविक खेती अभ्यासको निम्ति पद्मश्री पुरस्कारले सम्मानित गरिने भएको छ। उप्रेतीलगायत देशका अन्य गणमान्य व्यक्तिहरूलाई ७४औं गणतन्त्न दिवसको पूर्व सन्ध्या चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्री प्रदान गरिने घोषणा गरिएको हो। ९८ वर्षीय कृषक उप्रेतीले आफ्नो बाल्यकालदेखि नै पारम्परिक तरिकाले खेती गर्दै आएका छन्‌। सिक्किम सरकारले सिक्किम जैविक अभियान घोषणा गर्नुभन्दा छह दशक अघिदेखि उनले जैविक खेती गर्दै आएको बताइएको छ।

उनले अन्य धेरै कृषकहरूलाई पनि जैविक खेती अपनाउन प्रेरित अनि प्रशिक्षित गरेका छन्‌। जैविक खेती गर्नाले
कृषि रसायन उद्योगमाथि कृषकहरूको निर्भरता समाप्त भएर जाने उनको भनाई छ। उप्रेतीलाई जैविक खेतीमा
उनकी स्व. पत्नी बेणुमाया उप्रेतीले सहयोग गरेकी थिइन्‌।

About Author

Advertisement