बिजनबारीको लामा गाउँमा पुगे सांसद राजु बिष्ट

दार्जीलिङ: आज सांसद राजु बिष्ट बिजनबारीको लामा गाउँमा पुगेl स्वाधीनतापछि लामागाउँ जाने आफू पहिलो सांसद बनेको उनले बताएका छन्l प्रकृतिको काखमा रहेको रमणीय गाउँ, लामागाउँले पूर्वी हिमालयका थोरै स्थानहरू मध्ये एक हो जहाँ सञ्चारको माध्यम लिम्बू भाषा रहेको उनले विज्ञप्तिमा बताएका छन्l यहाँ जोसुकै उप-जाति भए पनि संचारको लागि सबैको माध्यम लिम्बू भाषा रहेको उनको भनाइ छ। उनले भने, ‘हाम्रो पहाडी सम्पदा, संस्कृति, परम्परा र सद्भावलाई जीवित राखेको अनुपम गाउँ हो। लामागाउँ र वरपरका क्षेत्र जैविक कृषिले भरिपूर्ण छन् र यहाँबाट इस्कुस निर्यात योग्य छl’

‘लामागाउँ वेलफेयर सोसाइटीले मणिपुरमा पैह्रोमा परी शहीद भएका हाम्रा वीरहरूलाई सम्मान गर्न फूटटबल प्रतियोगिता आयोजना गरेको थियो, जुन हाम्रो राष्ट्र सेवाको कर्तव्य होl’ उनले भने। त्यहाँ फूटबल प्रतियोगिताको फाइनल खेल ठूलो भीडको उपस्थितिमा सम्पन्न भएको उनले बताएका छन्। उनले विज्ञप्तिमा यसरी बताएका छन्, ‘मैले मेरो एमपीएलएडी कोषबाट यहाँको फूटबल मैदानको पूर्वाधार विकासका लागि २५ लाख रुपियाँ छुट्याएको छु।

यसबाहेक, मैले मेरो व्यक्तिगत कोषबाट विजेता पुरस्कारमा ४ लाख रुपियाँ प्रदान गरेंl’ लामागाउँ र सम्पूर्ण बिजनबारी क्षेत्रका मानिसहरूको न्यानो माया, आशीर्वाद र साथको लागि आफू धेरै आभारी रहेको सांसद राजु बिष्टले बताएका छन्l भाजपा दार्जीलिङ जिल्ला महासचिव सुजेन्द्र राई, अन्य नेताहरू र कार्यकर्ताहरू अनि लामागाउँ छेउछाउका धेरै प्रतिष्ठित व्यक्तिहरू पनि उपस्थित रहेको उनले बताएका छन्।

About Author

Advertisement