खरसाङ: खरसाङ महकुमा अन्तर्गत पर्ने सिटोङ लाठपञ्जार समष्टीबाट हाम्रो पार्टीको प्रार्थी तिमोथी मुखियाले आज आफ्नो नामांकन पत्र भरेका छन्। आज खरसाङ महकुमा शासक कार्यालयमा पुगेर हाम्रो पार्टीको अन्य प्रार्थीहरूसितै तिमोथी मुखियाले सिटोङ लाठपञ्जार समष्टीबाट नामांकन पत्र बुझाएका छन्। यसपाली खरसाङको सिटोङ लाटपञ्जार समष्टीमा प्रतिद्वान्दिता कड़ा हुने देखिएको छ। किनभने सिटोङ लाठपञ्जार समष्टीबाट पहिलेबाटै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले आफ्नो नामांकन पत्र बुझाईसकेका छन् भने रमेश छेत्रीले निर्दलीय प्रार्थीको रुपमा नामांकन बुझाईसकेका छन् भने पूर्व हिल तृणमूल नेत्री शारदा राई सुब्बाले पनि आज नै निर्दलीय प्रार्थीको रुपमा सिटोङ लाठपञ्जार समष्टीबाट आफ्नो नामांकन पत्र भरेका छन्। आज नै तिमोथी मुखियाले हाम्रो पार्टीको तर्फबाट नामांकन पत्र बुझाएपछि सिटोङ लाठपञ्जार समष्टीमा जम्मा चारजना प्रार्थीहरू चुनाव मैदानमा उत्रेका छन्। हाम्रो पार्टीको प्रार्थी तिमोथी मुखियाले आज आफ्नो नामांकन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै सिटोङ लाठपञ्जार समष्टीमा विकासको कार्यहरू नभएको साथै विकासको कार्यमा सही रुपमा नभएकोले आफुले हाम्रो पार्टीको तर्फबाट टिकट पाएर प्रार्थीको रुपमा खड़ा भएको बताएका छन्। त्यसरी नै सिटोङ लाठपञ्जार समष्टीबाट पूर्व तृणमूल नेत्री शारदा सुब्बाले निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै आफ्नो राजनैतिक करियरको शुरुवात पनि सिटोङ लाठपञ्जारबाटै भएको र यसपालीको जीटीए चुनावमा पनि यही समष्टीबाट निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएको बताएकी छन्।