हाम्रो पार्टीको तर्फबाट तीनधारे महानदी समष्टिबाट रिञ्जेन कुसाङ मोक्तानले भरे नामांकन पत्र

IMG-20220603-WA0141.jpg

तीनधारे: खरसाङको तीनधारे महानदी समष्टिबाट हाम्रो पार्टीको तर्फबाट रिञ्जेन कुसाङ मोक्तानले पनि नामांकन पत्र बुझाएका छन्। हाम्रो पार्टीको १५ जना प्रार्थीहरूसितै उनले पनि खरसाङ महकुमा शासक कार्यालयमा पुगेर आफ्नो नामांकन पत्र बुझाएका छन्। आफ्नो नामांकन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै रिञ्जेन कुसाङ मोक्तानले आफु २७ वर्ष अघि तीनधारेमा ग्राम पञ्चायत प्रधान रहेर कार्य गरेको अनि बीचमा कुनै पार्टीसित पनि सम्बन्ध नरहेको तर यसपाली हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डको कामलाई देखेर प्रभावित बनेको अनि मलाई टिकट दिएकोले चुनावमा प्रार्थीको रूपमा खड़ा भएको बताएका छन्। मोक्तानले तीनधारे महानदी समष्टिबाट तीनजना निर्दलीय प्रार्थीहरू लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट नवराज छेत्रीले नामांकन पत्र बुझाएको विषयमा सोधिएको प्रश्नको उत्तरमा सबै प्रार्थीहरूलाई शुभकामना दिन्दै लोकतन्त्रमा सबैले चुनावमा भाग लिन पाउने बताए। उनले यसपालीको जीटीए चुनावमा तीनधारे महानदी समष्टिबाट आफ्नो मुख्य प्रतिद्वन्दीको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज छेत्री रहेको बताएका छन्। आफु हठात् प्रार्थी बनेको कारणले अब विस्तारै रणनीति बनाएर चुनाव प्रचार गर्ने र तीनधारे महानदी समष्टिमा रहेको विभिन्न समस्याहरू रहेको र विस्तारै समाधान गर्दै जाने बताएका छन्।

About Author

Advertisement