हाम्रो पार्टीको तर्फबाट खरसाङ क्षेत्रका १५ वटा समष्टिहरूका लागि हाम्रो पार्टीको प्रार्थीहरूले भरे नामांकन पत्र

IMG-20220603-WA0138.jpg

खरसाङ: आगामी जीटीए चुनावको लागि हाम्रो पार्टीको तर्फबाट खरसाङ महकुमा अन्तर्गत पर्ने सबै समष्टिहरूका लागि १५ जनाले नै आज नामांकन पत्र बुझाएका छन्। हाम्रो पार्टीको तर्फबाट हाम्रो पार्टीको प्रार्थीहरूले खरसाङ महकुमा शासक कार्यालयमा पुगेर आफ्नो नामांकन पत्र भरेका छन्। हाम्रो पार्टीको प्रार्थीहरूमा खरसाङ गिध्द पहाड़ समष्टिबाट मोहन लामा, सिटोङ लाठपञ्जार समष्टीबाट तिमोथी मुखिया र तीनधारे महानदी समष्टिबाट रिञ्छेन कुसाङ मोक्तानले पनि नामांकन पत्र बुझाएका छन्। यसमा खरसाङ गिध्द पहाड़ समष्टि र सिटोङ लाठपञ्जार समष्टीमा कड़ा प्रतिद्वान्दिता हुने भएको छ। किनभने यी दुवै समष्टीबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले हिज नै आफ्नो नामांकन पत्र बुझाएका छन्। खरसाङ क्षेत्रमा हाम्रो पार्टीको १५ जनाले आफ्नो आफ्नो समष्टीबाट नामांकन पत्र बुझाएका छन्। हाम्रो पार्टीको सबै १५ जना प्रार्थीहरूले नामांकन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ देवराली समष्टिबाट हाम्रो पार्टीको ब्यानरमा प्रतिद्वान्दिता गरिरहेका मोहन लामाले हामी जनतासितै काम गर्ने र जनताको लागि काम गर्न चाहेको अनि हाम्रो एउटै मुद्दा छ कि हामी जनताको राज स्थापना गर्न चाहान्छौं भनी बताएका छन्। उनले हामी झूटो आश्वासन दिन चाहादैनौं तर हामी जितेर गए जनताको हितको लागि कार्य गर्ने बताउँदै विकासको नाममा खोला नाली झोड़ा मात्रै बनाउनु होइन तर पहाड़को बेरोजगार, शिक्षा, स्वस्थ्य विषयमा पनि ध्यान दिन्छौं भनी बताएका छन्। लामाले हामी यो जीटीएको चुावमा ४५ वटा सिटमा ४५ वटै प्रार्थी दिएको र कुनै पनि सिट खाली नछोड्ने कारण हामीले छोड़े फेरि ती कुतत्वहरू नै चौकीमा बस्छन् भनी बताएका छन्। मोहन लामाले हाम्रो पार्टीको सबै प्रार्थीहरू योग्यको रहेको बताउँदै पार्टी अध्यक्ष अजय एडवर्डको काम हेरेर जनताले भोट दिनु पर्ने बताएका छन्। उनले यो जीटीए चुनावमा ४५ वटा सिटमा नै जित्नेछौं, पूर्ण विस्वास छ भनी बताएका छन्।

About Author

Advertisement