मुख्यमन्त्री ममता व्यानर्जीको जनसभालाई लिएर तयारी जोडतोडले

18-14-40-sty.png

अलिपुरद्वार। आगामी ७ जुनमा राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले अलिपुरद्वारको प्यारेड ग्राउण्डमा जनसभा गर्ने भएको छ। यसको निम्ति तयारी जोडतोडले चलिरहेको छ। मुख्यमन्त्रीको जनसभालाई लिएर आज अलिपुरद्वार जिल्ला तृणमूलका उपाध्यक्ष सञ्जित धर, अनुप चक्रवर्ती लगायत अन्यले आज प्यारेड ग्राउण्डको निरीक्षण गरे। मुख्यमन्त्रीको जनसभालाई केन्द्र गरेर पुरानो हेलिप्याड भत्काएर त्यहाँ नयाँ हेलिप्याड बनाइने भएको छ भने जनसभा मञ्चको पनि तयारी चलिरहेको छ। अलिपुरद्वार जिल्ला तृणमूल कङ्ग्रेसका सभापति प्रकाशचिक बडाइकले बताएअनुसार आगामी ७ जुनमा सम्पन्न हुने जनसभा अलिपुरद्वार जिल्लाबाट मात्र १ लाखभन्दा अधिक मानिसहरूले अंशग्रहण गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement