कालेबुङ। कालेबुङको ३५ नम्बर समष्टिबाट सुमन गुरुङ अनि ३६ नम्बर समष्टिबाट रिङगी भुटियाले आज तृणमूल नेत्री शान्ता छेत्री अनि पार्टी समर्थकहरूको साथमा आगामी जीटीए चुनाउको निम्ति तृणमूल कङ्ग्रेसका उम्मेद्वारको रुपमा नामाङ्कन पत्र बुझाए। नामाङ्कन भर्न अघि समर्थकहरूको साथमा उम्मेद्वाहरूको साथमा कालेबुङ शहरमा पार्टीको तर्फबाट एउटा ऱ्याली पनि निकाले।









