नाला मरम्मतीको काम नभएकोले असुविधामा न्यू हाँसीमाराका बासिन्दाहरू

IMG-20220602-WA0111.jpg

कालचिनी। प्रशासनको पक्षबाट नाला मरम्मती गर्न न्यू हाँसीमारा बजार क्षेत्रको सड़क किनारी तथा दोकान र घरहरू अघि रहेको नालाको स्लेबहरू सबै भत्काएको धेरै दिन बितेर जाँदा पनि आजसम्म यसको मरम्मती नगरेकोले स्थानीय बासिन्दाहरूले गुनासो व्यक्त गरेका छन्‌।
न्यू हाँसीमारा व्यस्त बजार क्षेत्र भएकोले यहांँ आउने ग्राहक र दोकानेहरूलाई नालाको स्लेबहरू भत्किएकोले धेरै असुविधा साथै उक्त नालाबाट आउने दुर्गन्धले सताईरहेकोले पञ्चायत र बीडीओ प्रशासन समक्ष पनि गुहार लगाएको तर अहिले उक्त आधाकल्चो अवस्थामा रहेको नालाको मरम्मती गर्नको साटो आफै बनाउनु भन्ने गैरजिम्मेदारीपूर्ण टिप्पणी सम्बन्धित निकायले गरिरहेकोले क्षेत्रबासी क्षुब्ध बनेका छन्।
क्षेत्रबासीहरू मनोजकुमार अग्रवाल, देवाशीष साहा, गौतम छेत्री आदिले आधाकल्चो अवस्थामा रहेको नालामा कुनै दिन ठूलो दुर्घटना पनि हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।
यता स्थानीय पञ्चायत सदस्य भोला शेखले यसलाई लिएर ब्लक सभापति बिरेन्द्र बारा उराँव र युथ प्रेसिडेन्ट राजकमल भगतलाई जानकारी दिएको जनाएका छन्।
नालाको उदाङ्गो अवस्थाले मच्छरको रगरगी बढ़ेको र डेङ्गु मलेरिया र अन्य सङ्क्रामक रोगहरु वृद्धि हुनसक्ने आशङ्काले चिन्तित बनेका छन् न्यू हाँसीमारा क्षेत्रका बासिन्दाहरू।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement