कालचिनी। अवैद्य खनन बन्द गर्न पुलिसले लगातार नदी नालाबाट बालुवा ढुङ्गा ओसार पसार गर्ने वाहन विरुद्ध अभियान चलाईरहेको क्रममा बुधबार राती कालचिनी थाना अन्तर्गत निमती आउटपोस्टका पुलिसबलले दक्षीण साताली १२ नम्बर क्षेत्रबाट एउटा ढुङ्गाको चिप्स लादिएको ट्र्याक्टरलाई नियन्त्रणमा लिँदै चालक गणेश एक्का उत्तर मेन्दाबारी निवासीलाई प्रकाउ गरेको थियो भने आज चालकलाई अलिपुरद्वार जिल्ला अदालतमा पठाएको पुलिस सुत्रले जनाएका छन।
अवैद्य खनन औ नदी नालाबाट बालुवा ढुङ्गा ओसार पसारमा रोक लगाउन पुलिसको निरन्तर अभियान जारी रहने पुलिस सुत्रले जनाएका छन।










