रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा अजम्बरीको टीमले क्वार्टर फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा शुक्रवार भएको अजम्बरीले गोराबारीलाई ६-२-ले पराजित गऱ्यो। विजेता टीमबाट नयन प्रधान र धनराज (वाङचुक) तामाङले २-२ गोल गरे। यसरी नै गोराबारीबाट आदर्श गुरुङ र बिबेकले १-१ गोल गरे। नयन प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।