न्यूजील्याण्ड क्रिकेट बोर्डले १५ सदस्यीय टीम घोषणा

नयाँ दिल्ली: भारत विरूद्ध तीन म्याचको टी-२० सीरीजको निम्ति न्यूजील्याण्ड क्रिकेट बोर्डले १५ सदस्यीय टीम घोषणा गरेको छ। नियमित क्याप्टन केन विलियमसन र अनुभवी तीव्र गतिका बलर टिम साउदी सीरीजमा उपलब्ध रहने छैनन्। यस्तो स्थितिमा टीमको क्याटन स्पिर अलराउण्डर मिचेल सेन्टनरलाई बनाइएको छ। २७ वर्षीय बेन लिस्टरलाई टीममा पहिलोपल्ट सामेल गरिएको छ। लिस्टरले गत वर्ष भारत विरुद्ध न्यूजील्याण्ड ए टीममा डेब्यू गरेका थिए। तर, निमोनियाले पीडित भएपछि उनी बीचैमा फर्किनु परेको थियो। सेन्टनरको अगुवाईमा न्यूजील्याण्ड टीममा नयाँ खेलाडीहरूका साथै अनुभवी खेलाडीहरू पनि सामेल छन्। न्यूजील्याण्ड क्रिकेटका मुख्य चयनकर्ता गेविन लार्सनले बने लिस्टरलाई टीममा सामेल गरिएको विषयमा भने, लिस्टरले सबै प्रारूपहरूमा आफ्नो कौशलले प्रभावित गरेका छन्। मिचेलले टी-२० टीमको क्याटनको रूपमा प्रभावित गरेको उनले बताए।
मिचेलले यस अघि पनि भारतमा टी-२० टीमको अगुवाई गरिसकेका छन्। भारत विरुद्ध टी-२० सीरीजको निम्ति न्यूजील्याण्डको टीमः मिचेल सेन्टनर (कप्तान), फिन एलेन, माइकल ब्रेसवेल, मार्क च्यापमेन, डेन क्लीवर, डेवोन कनवे, जेकब डफी, लकी फर्ग्यूसन, बेन लिस्टर, डेरिल मिशेल, ग्लेन फिलिप्स, माइकल रिपन, हेनरी शिपले, ईश सोढ़ी, ब्लेयर टिकनर।

About Author

Advertisement