रंगबुलमा ओपन नक्आउट फूटबलः क्वार्टर फाइनलमा पुग्यो अजम्बरी

रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा अजम्बरीको टीमले क्वार्टर फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा शुक्रवार भएको अजम्बरीले गोराबारीलाई ६-२-ले पराजित गऱ्यो। विजेता टीमबाट नयन प्रधान र धनराज (वाङचुक) तामाङले २-२ गोल गरे। यसरी नै गोराबारीबाट आदर्श गुरुङ र बिबेकले १-१ गोल गरे। नयन प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement