क्राई एनजीओ रोहिणीद्वारा नानीहरूसित क्रिसमस पालन

IMG-20221225-WA0325.jpg

खरसाङ: क्राई एनजीओ रोहिणीद्वारा चाइल्ड एक्टिभिटी सेन्टरमा क्रिसमस उत्सव भव्य रुपमा पालन गरिएको छ। उक्त क्रिसमस कार्यक्रममा नानीहरूले क्रिसमस ट्रि सजाएका थिए। हातले बनाएको ग्रीटिङ कार्डहरू तयार गर्न सिकेका थिए। नानीहरूले क्यारोल गीतहरू गाएकी थिए र यस कार्यक्रममा नानीहरूलाई उपहारहरू पनि वितरण गरियो। रोहिणी अनुग्रह चर्चके पास्टरनी आमा अनिमा बराइली पनि बालबालिका र गैर सरकारी संस्थालाई प्रोत्साहन गर्न सामेल भएका थिए।

यस क्रिसमस कार्यक्रममा मानिसहरू एकजुट भएर एका अर्कालाई सहयोग गरून् भनी उनले सम्पूर्ण राष्ट्रको लागि प्रार्थना गरेिन्। सम्पूर्ण एनजीओ टोली अनि सल्लाहकार शिक्षिका पूजा कालीकोटेको तर्फबाट सबैलाई क्रिसमस र नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement