पंखाबारी लंगभ्यु अम्बटे समष्टिको सभासद कल्पना प्रधानद्वारा अम्बटे लालमट्टी क्षेत्रको भ्रमण

IMG-20221225-WA0327.jpg

खरसाङ: जीटीएको मातृ अनि शिशु कल्याण विभागको कार्यकारी सभासद एंव पंखबारी लंगभ्यु अम्बटे समष्टिको सभासद कल्पना प्रधानद्वारा भ्रमण साथै धन्यवाद कार्यक्रम अम्बटेको दुर्गम क्षेत्र लालमाटी ओरारेमा सम्पन्न गरेकी छन्। यस भ्रमण अवधि कार्यकारी सभासद कल्पना प्रधानको साथमा समष्टि सचिव ललित प्रधान, अम्बटे खण्ड समिति सभापति अमृत क्षेत्री, सचिव तुसार राई, खण्ड समिति सदस्य ललित गोलेको उपथिस्ति रहेको थियो। आज विशेष सभासद कल्पना प्रधानले अम्बटेको दुर्गम क्षेत्र लालमट्टी ओडारेको भ्रमण गरिन्। यस दुर्गम क्षेत्रका वासिन्दाहरू वर्षाको समयमा धेरै समस्या हुने साथै अन्य क्षेत्रसंग सम्पर्कविहीन हुने जानकारी प्राप्त भए पश्चात कार्यकारी सभासद उक्त क्षेत्रको भ्रमण गरेको जानकारी प्राप्त भएको छ। यस क्षेत्रको वासिन्दाहरूको मुख्य मांग गाउँमा अवस्थित खोलामा पुल निर्माण गर्न रहेको कारण क्षेत्रीय सभासद कल्पना प्रधानले यस कार्यको निम्ति विभागीय पहल गर्ने वचन पनि दिइन्।

यस अधि पनि लालमट्टी क्षेत्रमा धेरै पार्टीका नेताहरु आए तर केवल आश्वासन मात्र दिएर गएको गुनासो क्षेत्रवासीले गरे तर यस पटक क्षेत्रीय सभासदको भ्रमणले उनीहरूको दीर्घकालीन मांग पूरा हुने कुरामा ग्रामवासी विश्वस्त रहेका छन्। कार्यकारी सभासद कल्पना प्रधानले यस क्षेत्रको समस्याहरू जीटीए प्रमुख कार्यपाल अघि राख्ने वचन दिइने। कार्यकारी सभासद कल्पना प्रधानले कल्याण संघ कुमालटार सदस्यहरुसंग भेटघाट पनि गरिन्। यस संघले कुमालटार क्षेत्रमा नशा उन्मूलन, विभिन्न साहित्यिक एंव सांस्कृतिक कार्यक्रमहरू गर्दे आइरहेको कारण आफ्नो पक्षबाट संघलाई सहयोग गर्ने वचन दिइन् भनी प्रचार प्रसार सचिव जिनोद परियारले जानकारी गराएका छन्।

About Author

Advertisement