सुकना: सुकुना साहित्यिक-सांस्कृतिक संस्थानको जरूरी सभा आइतबार (१८ दिसम्बर)मा सुकुनास्थित सार्वजनिक भवनमा संस्थानका वरिष्ठ सदस्य ध्रुव छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। सभामा पुरानो कार्यकारिणी समितिलाई विघटन गरी नयाँ कार्यकारिणी समिति गठन गरियो, जसमा सभापति सूर्यमणि शर्मा, मूल सचिव जेबी छेत्री (बस्नेत), कोषाध्यक्ष कृष्ण छेत्री, साहित्यिक सचिव मेघनाथ छेत्री, सांस्कृतिक सचिव केके विश्वकर्मा, प्रचार-प्रसार सचिव राजा पुनियानीलगायत उपाध्यक्ष श्रीमती अञ्जु छेत्री, सुबेदार बीबी थापा, युवा संयोजक सागर शर्मा, संयुक्त सचिव नवराज छेत्री, खग गुरागाइँ, अशोक प्रधान, सह-साहित्यिक सचिव देवराज शर्मा, सह-सांस्कृतिक सचिव श्रीमती ज्योतिका छेत्री, सह-कोषाध्यक्ष श्रीमती पुनम श्रेष्ठ, सह-प्रचार प्रसार सचिव शरद नेपाल, युवा सह-संयोजकलेखनाथ गिरी आदि चयन भए।
संस्थानका संरक्षक-संरक्षिकाहरू, सल्लाहकारहरू र कार्यकारी र साधारण सदस्यहरूको नामावली पनि घोषणा गरिएको थियो। नयाँ कार्यकारिणी समिति गठन हुनअघि सूर्यमणि शर्माले विदायी सचिवको प्रतिवेदन अनि कृष्ण छेत्रीले कोषाध्यक्षका प्रतिवेदन प्रस्तुत गरेका थिए भने जेबीछेत्री(बस्नेत), दिलीप छेत्री, राजा पुनियानी, सभाध्यक्ष ध्रुव छेत्री आदिले संस्थानका भावी कार्यक्रमहरू बारेमा सुझावहरू दिए। मेघनाथ छेत्रीद्वारा सञ्चालित सभामा संस्थानका संरक्षक एनबी थापा, संस्थानका सदस्यहरू विष्णुकुमार गिरी, सुवेदार बी.बी.छेत्री, श्रीमती शर्मिला रसाइली, श्रीमती अरुणा खवास(प्रधान), डी.बी. थापा, विद्या प्रधान(अजा), दुर्गाराज थापा, बीआरशर्मा, तोयानाथ ब्राह्मण आदि उपस्थित थिए। संस्थानले आउँदो २७ दिसम्बरको दिन कवि अगमसिंह गिरीको जन्म जयन्ती पालन गर्दै आँउदो नयाँ सालमा विभिन्न कार्यक्रमहरू आयोजन गर्ने निधो गरेको छ।









