सिम्ले युनाइटेड बोइज क्लब, मंगपूको तत्त्वावधानमा निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्ट २४ दिसम्बरदेखि शुरु गरिनेछ। स्थानीय मंगपू डीविजनल खेल मैदान (शारदा हायर सेकेण्डरी स्कूल नजिक)- मा हुने यस टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। उद्घाटन म्याचमा पीवाईएस रोंगचोंग र लेञ्जिंग बोइज क्लब, कालेबुङबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १९ र २० जनवरी २०२३-मा हुनेछ। फाइनल २२ जनवरीमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई निरुकला तामाङ स्मृति विनर्स ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई नन्दमाया मंगर स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










