मिरिक: आज सौरेनीमा युनाइटेड चर्चस अफ् सौरेनी भेल्ली मिरिकको आयोजनामा क्रिसमस रेली तथा प्री क्रिसमस कार्यक्रमको आयोजना गरियो। युनाइटेड चर्चेस अफ सौरेनी भेल्लीको अध्यक्ष पस्टर रूबेन प्रधान, उपाध्यक्ष पास्टर निवास तामाङ, महासचिव पास्टर सागर कार्कीढोली, सहसचिव बिपेन थापा, कोषाध्यक्ष पास्टर विकास दर्जी, जुबिन प्रधान लगायत विभिन्न मण्डलीका पदाधिकारीहरू उपस्थित थिए। कार्यक्रमको प्रथम चरणमा क्रिसमस रेलीको आयोजना गरियो। यस रेलीले मिरिकले सौरेनी बजारको परिक्रमा गर्दै प्रभु यशुको सन्देश प्रचार-प्रसार गर्नको साथै सबैलाई क्रिसमसको शुभकामना दिए।










