मिरिक: मिरयोक म्युजिक फेस्टिबल आजदेखि मिरिक लेक साइडमा दुई दिवसीय आरम्भ भएको छ। यसको उद्घाटन कार्यक्रममा आज शनिबार मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणी, मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइती, जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गोले आदि प्रमुख रूपमा उपस्थित थिए। आयोजक समितिका तापदेन भूटिया अनि सूरज तामाङले पत्रकारहरूसित कुराकानी गर्दै दिएको जानकारी अनुसार मिरयोक म्युजिक फेष्टिभलको आज पहिलो दिनमा यावेश थापा, ब्रन्ट हिल ब्याण्ड, देवा, सिद्धार्थ गुरूङ मुख्य आकर्षण रहने छन् भने भोली १८ दिसम्बरको दिन बिपुल छेत्री प्रमुख आकर्षकको रूपमा रहने छन्। जिरो वेस्टलाई जोड दिँदै उक्त कार्यक्रमको आयोजना गरिएको मबताँउदै मेक अप मरमा अनि लेट्स गो जिरो ब्राण्ड एम्बसेडरको रूपमा रहको तिनीहरूले बताए। यसको साथै कार्यक्रममा सबैलाई सहभागी भइदिने निवेदन गरेका छन्।










